कीवर्डहरू -

यसरी सुचारु गर्नुहोस् जीमेलको अन्ली भ्यू फिचर

यसरी सुचारु गर्नुहोस् जीमेलको अन्ली भ्यू फिचर

गूगलले सहजैसँग पहुँच पाउनका लागि मिट, च्याट र अरू सेवाको एकीकृत प्लेटफर्म बनाएको छ । तर सबैलाई यस्तो एकीकृत रुप मन नपर्न नि सक्छ । त्यस्तो भएमा प्रयोगकर्ताले जीमेल अन्ली भ्यू सुचारु गर्न सक्छन् ।

यसका लागि सर्वप्रथम मेल डट गूगल डटकम खोल्नुपर्छ । अब माथिल्लो बायाँ भागमा भएको सेटिगं आइकनमा क्लिक गर्नुपर्ने हुन्छ । अब गो ब्याक टू द ओरिजिनल जीमेल भ्यूमा क्लिक गर्नुहोस् ।

यस पछि नयाँ पपअप आउँछ, जसमा क्यान्सल की रिअलोड भनेर सोधिएको हुन्छ र पहिलाको जीमेल लेआउट ल्याउनका लागि रिलोडमा थिच्नुपर्ने हुन्छ ।

यति गरेपछि तपाईले गूगल मिट र च्याटलाई जीमेल वेबबाट अफ गर्नुपर्ने हुन्छ । यसले तपाईको जीमेल अन्लीमा परिणत हुनेछ ।

यसका लागि सेटिंगमा गएर सिअल सेटिंग फिचरमा जानुपर्छ । यसपछि च्याट एड मिटमा गएर टर्न अफ च्याट अप्सनमा थिच्नुपर्छ र अन्त्यमा सेभ चेन्जेज गर्नुपर्ने हुन्छ ।