कीवर्डहरू -

क्लासिक टेकले देशभर माग्यो चारसय कर्मचारी, यस्ता छन् सेवा सुविधा

क्लासिक टेकले देशभर माग्यो चारसय कर्मचारी, यस्ता छन् सेवा सुविधा

इन्टरनेट सेवा प्रदायक कम्पनी क्लासिक टेकमा चारसयलाई रोजगारीको अवसर खुलेको छ । क्लासिक टेकले देशभर थप ४०० जना बजार प्रतिनिधि माग गरेको हो ।

देशमा रोजगारीका लागि अवसर खोजि रहेका व्यक्तिहरुले यसमा आवेदन दिन सक्ने छन् । बजार प्रतिनिधिको मासिक तलब २४ हजार ५०० रूपैयाँ तोकिएको छ ।

साथै सामाजिक सुरक्षा कोष, इन्सेन्टिभ, इन्धन तथा मर्मत सुविधा र कर्पोरेट सिम कार्ड लगायतका थप सुविधा पनि पाइने छ ।

फ्रेसर तथा अनुभवि दुबैले आवेदन दिन सक्ने कम्पनीले जानकारी दिएको छ । इच्छुक व्यक्तिले आफ्नो सीभी [email protected] मा पठाउन वा ९८०१००४४७७ मा सम्पर्क गर्न सकिने छ । आजै आवेदन दिन वा नजिकैको क्लासिकको शाखामा प्रवेश गरेर अन्तर्वार्ता दिन सक्ने कम्पनीले जनाएको छ ।