कीवर्डहरू -

नेपालमा कहिलेदेखि सुरू हुन्छ फाइभजी परीक्षण ?

नेपालमा कहिलेदेखि सुरू हुन्छ फाइभजी परीक्षण ?

नेपालमा फाइभजी परीक्षण हुन अझै केही समय लाग्ने भएको छ । गत कात्तिकमा नेपाल दूरसञ्चार प्राधिकरणले फाइभजी परीक्षणका लागि नेपाल टेलिकमलाई अनुमति दिएको थियो ।

टेलिकमले फाइभजी परीक्षणका लागि अनुमति पाएपनि अहिलेसम्म फाईभजी परीक्षण सुरू हुन सकेको छैन् । यता नेपाल टेलिकमले भने चारवटा साइटमा परीक्षण गर्ने गरी फाइभजी परीक्षणको काम अगाडि बढाएको छ ।

चारवटा साइटमा फाइभजी परीक्षण गर्ने गरी सामान आपूर्तीको काम सुरू गरेको नेपाल टेलिकमका सह-प्रवक्ता रञ्जित लोहियाले बताए ।

दूरसञ्चार प्राधिकरणले टेलिकमलाई फाइभजी परीक्षणका लागि २६०० मेगाहर्ज ब्याण्डमा ६० मेगाहर्ज फ्रिक्वेन्सी उपलब्ध गराएको छ । टेलिकमले फाइभजी परीक्षणका लागि २५०० मेगाहर्जदेखि २५६० मेगाहर्जसम्म जम्मा ६० मेगाहर्ज फ्रिक्वेन्सी प्राप्त गर्नेछ ।

‘फाइभजी परीक्षणका लागि सामान खरिद गर्ने प्रक्रिया सुरू गरेका छौं,’ सह-प्रवक्ता लोहियाले आइसिटी समाचारसँग भने, ‘कहिलेबाट फाइभजी परीक्षण सुरू हुन्छ त्यसको ठ्याक्कै मिति भने भन्न गार्‍हो छ ।’

फाइभजी परीक्षणका लागि आवश्यक उपकरण विदेशबाट ल्याउनुपर्ने भएकाले परीक्षण सुरू गर्न केही समय लाग्ने देखिन्छ । प्राधिकरणले तयार पारेको फाइभजी लगायत नयाँ प्रविधिको परीक्षण सम्बन्धि कार्यविधि २०७८ अनुसार परीक्षणका लागि दिइएको फ्रिक्वेन्सी परीक्षण समाप्त भएपछि प्राधिकरणमा फिर्ता गर्नुपर्नेछ । फ्रिक्वेन्सीको अधिको अवधि १ वर्षको हुनेछ ।

टेलिकमले परीक्षण अवधिभरको फ्रिक्वेन्सीको दस्तुर सरकारलाई बुझाउनु पर्ने छैन् । साथै परीक्षण अवधिकभर टेलिकमले ग्राहकबाट कुनै किसिमको शुल्क लिन पाउने छैन् ।

त्यस्तै अर्को दूरसञ्चार सेवा प्रदायक एनसेलले पनि फाईभजी परीक्षणका लागि सरकारसँग अनुमति मागेको छ । तर अहिलेसम्म एनसेलले परीक्षणका लागि अनुमति पाउन सकेको छैन् ।

यो पनि पढ्नुहोस्ः यस्तो छ फाइभजी परीक्षणको कार्यविधि, परीक्षण अवधिमा ग्राहकले निशुल्क पाउने