शुक्रबार, ३ भदौ, २०७९
Friday, 19 August, 2022

जानकी टेक्नोलोजीलाई एक्सिलेन्स फर इन्नोभेसन इन इमर्जिङ सेक्टर्स अफ द प्रोभिन्स अवार्ड

जानकी टेक्नोलोजी प्रालिलाई ‘एक्सिलेन्स फर इन्नोभेसन इन इमर्जिङ सेक्टर्स अफ द प्रोभिन्स- आइसिटी २०२२’ अवार्ड प्रदान गरिएको छ । मधेश प्रदेश सरकारको अर्थ मन्त्रालयले जानकी टेक्नोलोजीलाई उक्त अवार्ड प्रदान गरेको हो । 

आईसीटी क्षेत्रमा उत्कृष्ट नवप्रवर्तन अभ्यासको कदर गर्दै मुख्यमन्त्री लालबाबु राउतको उपस्थितिमा मधेस प्रदेशको मुख्यमन्त्री कार्यालयले उक्त पुरस्कार प्रदान गरेको हो । 

प्रतिष्ठित आइसिटी अवार्ड अफ एक्सिलेन्स प्राप्त गर्नु ठूलो सम्मान भएको जानकी टेक्नोलोजीका संह-संस्थापक अरविन्द शाहले बताए । यसले समुदाय र राष्ट्रलाई कसरी प्रोत्साहन पुर्‍याएको भनेर देखाउँने उनको भनाइ छ ।   


 

सम्बन्धित समाचार
धेरै पढिएको