कीवर्डहरू -

ई-कमर्स कम्पनी बिज बजारको ‘२० मा बिज’ अभियान सुरू, सामान खरिदमा छुटका साथै अन्य आकर्षक उपहार

ई-कमर्स कम्पनी बिज बजारको ‘२० मा बिज’ अभियान सुरू, सामान खरिदमा छुटका साथै अन्य आकर्षक उपहार

साउन २० गतेदेखि ई-कमर्स कम्पनी बिज बजारको ‘२० मा बिज’ नामक अभियान सुरू भएको छ । यो अभियान साउन २२ गतेसम्म सञ्चालन हुनेछ ।

यस अन्तर्गत साउन २० गते बिजबजारले अपराह्न ४ बजे देखि राति ८:२० बजेसम्म आफ्नो आधिकारिक फेसबुक पेजबाट प्रत्यक्ष प्रसारण गरी विभिन्न मनोरञ्जनात्मक क्रियाकलाप तथा खेलहरू सञ्चालन गर्नेछ, जहाँ भाग्यशाली सेवाग्राहीहरू तथा विजेताहरूले विभिन्न आकर्षक उपहारहरू जित्न सक्नेछन् ।

यस अभियान अन्तर्गतको ट्रन्डी अवतार अन्तर्गत सबै वर्गका ग्राहकहरूले फेसनसँग सम्बन्धित सामान, इलेकट्रोनिक्स सामान, हेल्थ एण्ड व्युटी सामान, खेलकुद तथा फिटनेस सामान र घरपालुवा जनावरका सामान खरिदमा भारी छुट पाउने छन् ।

साथै ‘पानी पर्‍यो अफर झर्‍यो’ अन्तर्गत मनसुनसँग सम्बन्धित साथै अन्य विभिन्न सामानहरूमा भारी छुट सहित अन्य आकर्षक अफरहरू समेत प्राप्त गर्न सक्नेछन् ।

यसका साथै भाग्यमानी २० क्विज अन्तर्गत २० जना विजेताहरूले १०० रूपैयाँ बराबरको मोबाइल टपअप जित्नेछन् भने क्याच एण्ड विन खेलमा सहभागी हुँदा सेवाग्राहीले ५ वटा आकर्षक उपहार जित्न सक्नेछन् ।

खेलमा विजेता हुने सेवाग्राहीहरूले आफूले मगाएको सामानमा निःशुल्क डेलिभरी समेत प्राप्त गर्न सक्नेछन् । २० मा बिजका लागि कम्पनीद्वारा निर्धारित सेवा तथा सर्तहरू लागु हुने कुरा कम्पनीले जनाएको छ।

साना तथा मझौला उद्योग व्यवसायहरूलाई डिजिटल माध्यमबाट बजारसँग जोडी डिजिटल माध्यमबाटै व्यवसायको अभिवृद्धि र सेवाग्राहीहरूको आवश्यकता पूर्ति गर्न यो अभियान प्रभावकारी हुने विश्वास कम्पनीको विश्वास छ ।

एन्ड्रोइड फोन प्रयोगकर्ताहरूले गुगल प्ले स्टोरमा गएर तुरुन्तै र सजिलै ‘Bizbazar Online Shopping App’ एप डाउनलोड गर्न सक्नेछन् भने ल्याप–टप वा डेस्क–टपबाट www.bizbazar.com.np टाइप गरेर पनि सेवा लिन सकिनेछ ।