कीवर्डहरू -

ट्विटरमा साइबर हमला, ५.४ मिलियन एनोनिमस अकाउन्टको डेटा बाहिरियो 

ट्विटरमा साइबर हमला, ५.४ मिलियन एनोनिमस अकाउन्टको डेटा बाहिरियो 

ट्वीटरमा साइबर हमला भएको छ । ट्विटरमा साइबर हमला भएपछि एनोनिमस अकाउन्टहरुको डेटा बाहिरिएको छ ।

यो कुरा एक सुरक्षा अन्वेषकले पत्ता लगाएका हुन् । उनले यस बारे ट्वीटरलाई बग बन्टी प्रोग्राम मार्फत जानकारी दिएका हुन् । यस आक्रमणमा ५.४ मिलियन अकाउन्टहरुको डेटा पत्ता लगाइएको थियो ।

यस समस्याबाट ह्याकरहरुले सजिलै एनोनिमस अकाउन्टहरुको पनि वास्तविक परिचय पत्ता लगाउन सकेका थिए । एनोनिमस अकाउन्ट प्रयोग गर्ने सबैलाई ट्वीटरले सर्तक हुन चेतावनी दिएको छ ।

यस्तो भएको प्रति कम्पनीले दुःख पनि व्यक्त गरेको छ । केही समयमा यस ह्याकबाट प्रभावित भएको हर एक अकाउन्टलाई कम्पनीले जानकारी पनि दिने बताएको छ । यस घटना पछि पुनः एकपटक कम्पनीले सबै प्रयोगकर्तालाई टू फ्याक्टर अथेन्टिकेसन सुचारु गर्नलाई आग्रह गरेको छ ।