कीवर्डहरू -

यसरी सुचारु गर्नुहोस् ह्वाट्सएपमा टु स्टेप भेरिफिकेशन फिचर

यसरी सुचारु गर्नुहोस् ह्वाट्सएपमा टु स्टेप भेरिफिकेशन फिचर

हामी अहिले प्रविधिमा एकदमै निर्भर भईरहेका छौँ ।  एक अर्कासँग सम्पर्क राख्न हामी प्रविधिकै प्रयोग गर्ने गर्दछौँ । मानिसहरुले एक अर्कासँग कुरा गर्न ह्वाट्सएपको पनि धेरै प्रयोग गर्ने गरेका छन् ।

नेपालमा समेत ह्वाट्सएपको प्रयोग एकदमै बढी छ । ह्वाट्सएपमा फोटो, भिडियो तथा अरु थुप्रै मल्टिमिडिया कन्टेन्टहरु पठाउन सकिन्छ ।

यस्तो एपलाई अझै सुरक्षित बनाउन सकियो भने त्यही नै राम्रो हुन्छ । यसैका लागि कम्पनीले एपमा टू स्टेप भेरिफिकेशनको फिचर राखेको छ । यसलाई कसरी सुचारु गर्ने बारे आज हामी जानकारी दिदैछौँ ।

सर्वप्रथम आफ्नो स्मार्टफोनमा ह्वाट्सएप खोल्नुपर्ने हुन्छ । अब ह्वाट्सएपको सेटिङ्ग मेन्युमा जानुपर्ने हुन्छ । यति गरेपछि अकाउन्ट भन्ने अप्सनमा क्लिक गरेर टू स्टेप भेरिफिकेशनमा क्लिक गरेर इनेबल भन्ने अप्सनमा क्लिक गर्नुपर्ने हुन्छ ।

अब आफ्नो मनमा लागेको ६ ओटा डिजिटको पिन हाल्नुपर्ने हुन्छ र कन्फर्म गर्नुपर्छ । पिन तपाईले सम्झिन सक्ने खालको राख्नुहोला । त्यसपछि तपाईले आफ्नो ईमेल एड्रेस दिनुपर्ने हुन्छ ।

तपाईले ईमेल एड्रेस हालेकै राम्रो हुन्छ किनभने यसले तपाईको टू स्टेप भेरिफिकेशनलाई रिसेट गर्न दिन्छ । तपाईले ईमेल एड्रेस हाल्नुभएन र पिन बिर्सिनुभयो भने पिन रिसेट गर्न सात दिन कुर्नुपर्ने हुन्छ ।

अब नेक्सट थिचेर ईमेल एड्रेसलाई कन्फर्म गर्नुपर्ने हुन्छ । यति गरेर सेभ थिचेर डन थिच्नुहोस् ।