कीवर्डहरू -

अब इन्स्टाग्रामबाटै फेसबुकमा रिल्स पोस्ट गर्न सक्ने 

अब इन्स्टाग्रामबाटै फेसबुकमा रिल्स पोस्ट गर्न सक्ने 

अब इन्स्टाग्रामबाटै फेसबुकमा रिल्स पोस्ट गर्न सकिने भएको छ । टिकटकको प्रतिस्पर्धी मानिएको रिल्सलाई मेटाले प्राथमिकतामा राखेको छ ।

कम्पनीले टिकटसँग प्रतिस्पर्धा गर्नका लागि रिल्समा धेरै ध्यान दिईरहेको छ । अब एक क्लिकमै इन्स्टाग्रामबाट फेसबुकमा रिल्स पोस्ट गर्न सकिन्छ । मेटाको अनुसार यसले क्रियटरहरुलाई दुवै प्लेटफर्ममा आफ्नो फलोअर बढाउने मौका दिनेछ ।

प्रयोगकर्ताहरुले दुवै प्लेटफर्मबाट पैसा पनि कमाउन सक्नेछन् । फेसबुकमा पनि थप रिल्स रिमिक्स अप्सनहरू आएका छन् । अमेरिकामा १६ प्रतिशत किशोरकिशोरीले टिकटक निरन्तर रुपमा चलाउँछन् भने इन्स्टाग्राम रिल्स १० प्रतिशतले चलाउने गर्दछन् ।