कीवर्डहरू -

के तपाईको एन्ड्रोइड फोनमा यी ३५ एप छन् ? छन् भने तुरुन्तै डिलिट गर्नुहोस्

के तपाईको एन्ड्रोइड फोनमा यी ३५ एप छन् ? छन् भने तुरुन्तै डिलिट गर्नुहोस्

गत महिना गूगलले प्ले स्टोरबाट विभिन्न खतरनाक एन्ड्रोइड एप हटाएको थियो । हटाएका धेरै जसो एपहरुमा बैकिंग ट्रोजन रहेको थियो, जसले प्रयोगकर्ताहरुको आर्थिक तथा अरू निजी जानकारीहरु चोरी रहेका थिए ।

अहिले यी एपहरु हटाइए पनि समयसमयमा यस्ता एपहरु गूगल प्ले स्टोरमा उपलब्ध भईरहन्छन् । मालवेयर विभिन्न रुपमा आउने गर्दछन् र यसलाई साइबरअपराधीहरुले विभिन्न क्रियाकलापका लागि प्रयोग गर्ने गर्दछन् ।

हालैमा बिटडिफेन्डर नामक साइबरसुरक्षा अन्वेषकले गूगल प्ले स्टोरमा ३५ भन्दा बढी नराम्रो एप फेला पारेको छ । यी एपहरुले एडवेयर फैलाईरहेका छन् ।

यस्ता एपले विज्ञापन देखाएर साइबर अपराधीका लागि पैसा कमाउने गर्दछ । यदी तपाईको डिभाईसमा पनि तल उल्लेखित एपहरु छन् भने तुरुन्तै अनइन्स्टल गर्नुहोस् ।

एपमा जिपिएस लोकेसेसन म्याप्स, पर्सनालिटी चार्जिंग शो, ईमेज वार्प क्यामेरा, एनिमेटेड स्टीकर मास्टर, जिपिएस लोकेसन फाइण्डर, वाल्स लाईट – वालपेपर प्याक, बिग ईमोजी – किबोर्ड ५.० एपिके डाउनलोड, ग्राड वालवेपर्स – थ्रिडी ब्याकड्रप्स, इन्जिन वालपेपर्स लाइभ एण्ड थ्रिडी, स्टक वालपेपर्स, एफेक्ट म्यानिया रहेको छन् ।

त्यस्तै अरु हानिकारक एपमा आर्ट फिल्टर– डिप फोटोएफेक्ट, फास्ट ईमोजी किबोर्ड एपिके, क्रियट स्टीकर फर ह्वाट्सएप २.० एपिके, म्याथ सल्भर एपिके – क्यामेरा हेल्पर, फोटोक्सि ईफेक्ट– आर्ट फिल्टर २.० एपिके, एलईडी थिम– कलरफुल किबोर्ड २.० एपिके, स्मार्ट वाईफाई १.० एपिके, माई जिपिएस लोकेसन १.० एपिके, इमेज वार्प क्यामेरा १.० एपिके, एचडी क्रिसमस फ्यान्ट्यासी गर्ल वालपेपर्स र क्याट साईम्युलेटर १.० एपिके रहेका छन् ।

योसँगै ३६ ओटा एपमा रहेका अरु एप मध्य स्मार्ट क्युआर क्रियटर १.० एपिके, कलराईज ओल्ड फोटो एसिया, जिपिएस लोकेसन फाईण्डर १.० एपिके, गल्र्स आर्ट वालपेपर १.० एपिके, स्मार्ट क्युआर स्कयानर १.० एपिके, जिपिएस लोकेसन म्याप्स १.० एपिके डाउनलोड, भोल्युम कन्ट्रोल १.० एपिके, सिक्रेट हरस्कोप १.० एपिके, स्मार्ट जिपिएस लोकेसन १.० एपिके, एनिमेटेड स्टीकर मास्टर १.० एपिके, पिका चार्जिगं स्लो– चार्जिगं एनिमेसन, स्लीप साउण्ड १.० एपिके, क्युआर क्रियटर १.० एपिके, मिडिया भोल्युम स्लाईडर १.० एपिके र फि फोर के पालपेपर– एनिमे एचडी २.० एपिके रहेका छन् ।