कीवर्डहरू -

इन्स्टाग्रामले नयाँ रिपोस्ट फिचरको परिक्षण गर्दै

इन्स्टाग्रामले नयाँ रिपोस्ट फिचरको परिक्षण गर्दै

इन्स्टाग्रामले नयाँ रिपोस्ट फिचरको परिक्षण गरिरहेको छ । यो फिचर फेसबुक र ट्वीटरमा पहिले देखिनै उपलब्ध रहेको थियो । यो फिचर पहिलो चोटि ट्वीटरका सिईओ एडाम मोसेरीको प्रोफाइलमा देखिएको हो ।

यसपछि टेकक्रन्चलाई इन्स्टाग्रामले फिचर सार्वजनिक भएको भनेर जानकारी गराएको थियो । स्टोरीमा रिसेयर गर्ने फिचर सरहनै यो फिचरले काम गर्ने गर्दछ । अहिलेका लागि यो फिचर प्रयोगकर्ताहरुको सानो समूहका लागि जाँच भईरहेको छ ।

यसले कुनै साथीलाई पोस्ट सुझाव दिने, फ्लोअरसँग कुरा गर्नका लागि मद्दत गर्ने गर्दछ । स्टोरीका लागि रिपोस्ट फिचर सन् २०१८ देखि उपलब्ध रहेको थियो ।