कीवर्डहरू -

नाडा इभी एक्सपोका लागि अनलाइन टिकेटिङको सुविधा उपलब्ध

नाडा इभी एक्सपोका लागि अनलाइन टिकेटिङको सुविधा उपलब्ध

नाडा इभी एक्सपो, २०२२ का लागि यसपालि अनलाइन टिकेटिङको व्यवस्था गरिएको छ । एक्पो भिजिटर (आगन्तुक) हरुको सहजताका लागि भौतिकसँगै अनलाइन टिकेटिङको व्यवस्था समेत गरिएको आयोजनक नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपालले जनाएको छ ।

यहीँ असोज ६ गतेदेखि ९ गतेसम्म काठमाडौंको भृकुटीमण्डपमा पहिलो पटक इभी अटो शोको आयोजना हुँदैछ । यस इभी अटो शोमा ४० हजार भिजिटरहरुले अवलोकन गर्ने आयोजक नाडाले अपेक्षा गरेको छ । यसअघिको परम्परा जस्तै यस वर्षपनि टिकट काटेर अटो शो अवलोकन गर्ने मध्येबाट एक जनालाई विशेष इनडोर उपहारको व्यवस्था गरिएको आयोजनक नाडाले जनाएको छ ।

इभी शोमा ८ वटा चार पाङ्ग्रेसहित १६ वटा दुई पाङ्ग्रे र अटो कम्पोनेन्ट स्पेयर पार्टस् टायर ट्युव, मेसिनरीको स्टलसहित कुल ५० स्टल रहने इभी शो संयोजक अनुप बरालले जानकारी दिए । जसमा ४ वटा बैंक तथा वित्तीय संस्थाले समेत भाग लिने भएका छन् ।