कीवर्डहरू -

पाँच वर्षपछि पनि नेपालमा फोर्डको यात्रा निरन्तर, ग्राहक सेवामा जीओ अटोमोबाइल्सको प्रतिबद्धता

पाँच वर्षपछि पनि नेपालमा फोर्डको यात्रा निरन्तर, ग्राहक सेवामा जीओ अटोमोबाइल्सको प्रतिबद्धता

काठमाडौं । भारतमा फोर्डले सवारी साधनको बिक्री तथा उत्पादन बन्द गर्ने घोषणा गरेको पाँच वर्ष पूरा भए पनि नेपालमा भने फोर्डको यात्रा निरन्तर रहेको छ । नेपालका लागि फोर्डको आधिकारिक विक्रेता जीओ अटोमोबाइल्स प्रालि. ले ग्राहक सेवा, बिक्रीपछिको सेवा तथा अन्तर्राष्ट्रिय मोडलको विस्तारलाई निरन्तरता दिँदै आएको जनाएको छ ।

फोर्डले ९ सेप्टेम्बर २०२१ मा भारतमा आफ्ना सवारीसाधनको बिक्री तथा उत्पादन सञ्चालन बन्द गर्ने घोषणा गरेको थियो । यद्यपि, बिक्री सञ्चालन बन्द गरेपछि पनि भारतमा रहेका विद्यमान ग्राहकलाई आफ्नै बिक्रीपछिको सेवा सञ्जालमार्फत आवश्यक सेवा तथा सहयोग उपलब्ध गराउँदै आएको कम्पनीले जनाएको छ ।

नेपालमा भने जीओ अटोमोबाइल्सले फोर्डका ग्राहकप्रतिको आफ्नो प्रतिबद्धता कायमै राखेको छ । कम्पनीले फोर्डका सवारीसाधनका लागि व्यावसायिक सर्भिस, वास्तविक स्पेयर पार्ट्स, प्राविधिक विशेषज्ञता तथा ग्राहक सेवा उपलब्ध गराउँदै आएको जनाएको छ । कम्पनीका अनुसार ग्राहकलाई सहज र विश्वसनीय सवारी स्वामित्वको अनुभव प्रदान गर्न बिक्रीपछिको सेवामा विशेष प्राथमिकता दिइएको छ ।

यसैगरी, फोर्ड नेपालले बिक्री सञ्चालनलाई निरन्तरता दिँदै अन्तर्राष्ट्रिय बजारमा उपलब्ध फोर्डका विभिन्न मोडल नेपालमा भित्र्याउँदै आएको छ । हाल नेपालमा फोर्ड एभरेस्ट, फोर्ड रेन्जर र फोर्ड रेन्जर र्‍याप्टर उपलब्ध छन् । कम्पनीले आगामी दिनमा नेपालमा थप नयाँ फोर्ड मोडल सार्वजनिक गर्ने तयारीसमेत गरिरहेको जनाएको छ । नयाँ मोडलको विस्तारसँगै नेपालमा फोर्डको उत्पादन पोर्टफोलियो तथा बजार उपस्थिति थप मजबुत हुने कम्पनीको विश्वास छ ।

जीओ अटोमोबाइल्सले पछिल्ला वर्षहरूमा फोर्डको बिक्रीपछिको सेवा क्षमतामा निरन्तर लगानी गर्दै आएको जनाएको छ । नेपालभर रहेका फोर्ड ग्राहकलाई आवश्यक स्पेयर पार्ट्स, प्राविधिक सहयोग तथा गुणस्तरीय सर्भिस सहज रूपमा उपलब्ध गराउन कम्पनीले विशेष ध्यान दिएको बताएको छ ।

जीओ अटोमोबाइल्सका प्रबन्ध निर्देशक आकाश गोल्छाले कम्पनीको प्रतिबद्धता सवारीसाधन बिक्रीमा मात्र सीमित नरहेको बताए । फोर्डका ग्राहकसँग दीर्घकालीन सम्बन्ध निर्माण गर्नुका साथै फोर्डका विश्वव्यापी उत्पादन तथा प्रविधिलाई नेपालमा निरन्तर भित्र्याउनु कम्पनीको प्राथमिकता रहेको उनको भनाइ छ ।

“फोर्डको स्वामित्व एउटा यात्रा हो र त्यो यात्रालाई विश्वासका साथ निरन्तरता दिनु हाम्रो जिम्मेवारी हो । हामी प्रत्येक फोर्ड ग्राहकलाई निरन्तर सहयोग प्रदान गर्न प्रतिबद्ध छौँ । साथै, फोर्डका अन्तर्राष्ट्रिय मोडल तथा नयाँ उत्पादन नेपालमा ल्याउने कार्यलाई पनि निरन्तरता दिनेछौँ,” गोल्छाले भने ।

जीओ अटोमोबाइल्सका अनुसार पाँच वर्षपछि पनि नेपालमा फोर्डको उपस्थिति मजबुत बिक्रीपछिको सेवा, अन्तर्राष्ट्रिय उत्पादन तथा आगामी दिनमा थप नयाँ मोडल सहित निरन्तर रहनेछ ।