काठमाडौं । नेपाली बजारमा सार्वजनिक भएको छोटो समयमै उच्च माग र उत्साहजनक प्रतिक्रिया पाएको नामी भिगो ई२ को रु. २ लाखको विशेष अफर समाप्त भएको छ । एमएडब्लू वृद्धि मोटर्सले अब भिगो ई२ को बुकिङ कम्पनीले घोषणा गरेको एमआरपी रु ३७ लाख ९९ हजारमा निरन्तर रहने जनाएको छ ।
गत बुधबार नेपाली बजारमा सार्वजनिक गरिएको भिगो ई२ ले आधुनिक डिजाइन, आकर्षक फिचर, प्रिमियम अनुभव तथा प्रतिस्पर्धी मूल्यका कारण उपभोक्तामाझ उल्लेख्य आकर्षण सिर्जना गरेको कम्पनीको दाबी छ ।
यसअघि नेपाली बजारमा उपलब्ध नामी ई२ प्लसमा रहेका लोकप्रिय फिचरलाई निरन्तरता दिँदै थप परिष्कृत गरिएको भिगो ई२ मा मुनरुफ हटाइएको छ । नयाँ मोडल सार्वजनिक भएसँगै यसको बुकिङमा उल्लेख्य चाप परेको कम्पनीले जनाएको छ ।
सीमित अवधिका लागि घोषणा गरिएको रु. २ लाखको विशेष अफरका कारण समेत भिगो ई२ प्रति ग्राहकको आकर्षण बढेको कम्पनीको भनाइ छ । चाडपर्व अवधिमा बिक्री गर्न सकिने अनुमानित संख्याभन्दा बढी बुकिङ सार्वजनिक भएको ६ दिनमै प्राप्त भएपछि विशेष अफर समाप्त गरिएको कम्पनीले जनाएको छ ।
एमएडब्लू वृद्धि मोटर्सका सीईओ प्रसन्न पन्तले उच्च मागका कारण विशेष अफर समयअगावै समाप्त गर्नुपरेको बताए । उनले भने, ‘सीमित अवधिका लागि घोषणा गरिएको विशेष अफरलाई उच्च मागका कारण नाडा अटो शो २०२६ को पहिलो दिनमै समाप्त गर्नुपर्यो ।’
पन्तले नेपाली उपभोक्ताले देखाएको विश्वास र मायाप्रति आभार व्यक्त गर्दै आगामी दिनमा पनि ग्राहकको आवश्यकता र अपेक्षाअनुसार नयाँ तथा थप प्रतिस्पर्धी उत्पादन उपलब्ध गराउँदै जाने प्रतिबद्धता व्यक्त गरे ।
कम्पनीका अनुसार भिगो ई२ प्रति सार्वजनिक भएको केही दिनमै प्राप्त भएको उच्च बुकिङले नेपाली बजारमा विद्युतीय एसयूभीप्रतिको बढ्दो आकर्षणसमेत देखाएको छ । एमएडब्लू वृद्धि मोटर्सले भिगो ई२ प्रति नेपाली उपभोक्ताले देखाएको माया, विश्वास र उत्साहका लागि ग्राहकहरूलाई धन्यवाद दिँदै अब रु ३७ लाख ९९ हजारको एमआरपीमा बुकिङ खुला रहने जनाएको छ ।
आईसीटी समाचार