कीवर्डहरू -

ईसेवाबाट बीमा शुल्क तिर्दा पोखरेलले जिते एक लाख

ईसेवाबाट बीमा शुल्क तिर्दा पोखरेलले जिते एक लाख

भुक्तानी प्रणाली सेवा प्रदायक ‘इसेवा’ले सञ्चालन गरेको ‘बीमा शुल्क भुक्तानी गरिन्छ, लखपति बनिन्छ’ योजनामा इलामका अनुपम पोखरेलले नगद एक लाख रूपैयाँ जितेका छन् ।

उनले नेपाल लाइफ इन्स्योरेन्सको बीमा शुल्क इसेवा मार्फत भुक्तानी गरेका थिए । इसेवाले बीमितहरुलाई घरमै बसेर बीमा शुल्क भुक्तानी गर्न प्रोत्साहन मिलोस् भन्ने उदेश्यले जेठ ५ गतेदेखि भदौ ५ गतेसम्म लखपति योजना सञ्चालन गरेको थियो ।

योजनामा बम्पर उपहार बिजेता अनुपम पोखरेललाई बीमा गराउने अभिकर्ता रोहित पोखरेलले समेत २० हजार रुपैयाँ नगद जित्न सफल भएका छन् । पोखरेलले बीमा गरेको नेपाल लाइफ इन्स्योरेन्सको इलाम शाखाले समेत नगद २० हजार रुपैयाँ प्राप्त गरेको छ ।

विजेताहरूलाई शुक्रबार एक कार्यक्रमका बीच इसेवाका प्रमुख कार्यकारी अधिकृत सुभास सापकोटाले नगद प्रदान गरेका हुन् ।

लखपति योजनाभर इसेवाबाट बीमा शुल्क भुक्तानी गर्ने ९४ जनाले एक एक हजार रुपैयाँ जित्न सफल भएका छन् । इसेवाले हरेक हप्ता गोलाप्रथा मार्फत साप्ताहिक विजेता चयन गरेको थियो ।