कीवर्डहरू -

माई पे वालेट प्रयोगमा एक लाखको बीमा सुविधा

माई पे वालेट प्रयोगमा एक लाखको बीमा सुविधा

माई पेले नेपालमै पहिलो पटक वालेट प्रयोग गर्दा एक लाखसम्मको दुर्घटना बीमा सुविधाको नयाँ योजना सार्वजनिक गरेको छ । ग्राहकलाई डिजिटल कारोबार गर्न वालेट प्रयोग गर्दा बीमा सुविधा ल्याएको हो ।

माई पेका अनुसार बीमा योजनामा सहभागी हुन ग्राहकले कुनै पनि अतिरिक्त शुल्क तिर्नु पर्ने छैन ।

बीमा सुविधा पाउन माई पे​मार्फत प्रत्येक महिना एक हजारको कारोबार गर्नुपर्ने छ ।

कारोबार भएको दुई दिनपछि ग्राहकको १ लाखको बीमा योजना कार्यान्वयन हुने जनाइएको छ ।

बीमा योजना कार्यान्वयन भएको जानकारी एसएमएस मार्फत गराइने कम्पनीले प्रस्ट पारेको छ ।

बीमा सुविधा बाहेक माई पेबाट हवाई टिकट बुकिङ गर्दा क्यास ब्याक तथा एक रुपैयाँमा जुनसुकै बैंकमा रकम पठाउन सकिने सुविधा रहेको छ ।

यस्तै माई पे प्रयोग कर्ताले अधिकतम २५ प्रतिशतसम्मको क्यास ब्याक उपयोग गर्दै आइरहेको बताइएको छ ।

साथै विभिन्न चाडपर्व विशेष योजनाहरु पनि सार्वजनिक गरिरहेको छ ।