कीवर्डहरू -

नेशनल लाइफले ल्यायो स्मार्ट मोबाइल एप, बीमालेख सम्बन्धी सम्पूर्ण जानकारी पाइने

नेशनल लाइफले ल्यायो स्मार्ट मोबाइल एप, बीमालेख सम्बन्धी सम्पूर्ण जानकारी पाइने

नेशनल लाइफ इन्स्योरेन्स कम्पनीले आफ्ना अभिकर्ता, ग्राहक बर्ग एवं सर्वसाधारणहरूलाई लाई सहज र सरल तरिकाले थप सेवा सुविधा उपलब्ध गराउने उद्देश्यले स्मार्ट मोबाइल एपको सुरुवात गरेको छ ।

मोबाइल एपबाट आफ्ना अभिकर्ता तथा बीमितहरुले घरबाटै आफ्नो बीमालेख सम्बन्धी सम्पूर्ण जानकारी प्राप्त गर्न सकिने छ । एपको माध्यमबाट अभिकर्ता तथा ग्राहकहरूले डिजिटलाइजेसनको मार्फत छिटो छरितो कार्य सम्पादन हुने कम्पनीको विश्वास छ ।

यसका साथै एपबाट अभिकर्ताले आफ्नो लगायत सञ्जालको व्यवसाय साथै आफ्ना बीमितहरुको बीमालेख सम्बन्धमा आवश्यक जानकारी प्राप्त गर्न सकिने र एप मार्फत नै आफ्ना बीमितहरुलाई सम्पर्क गरी बीमालेख व्यतीत हुनबाट जोगाउन सक्ने छन् ।