कीवर्डहरू -

मेटाले अब सजिलै फेसबुक र इन्स्टाग्राम बिच स्वीच गर्न दिने

मेटाले अब सजिलै फेसबुक र इन्स्टाग्राम बिच स्वीच गर्न दिने

मेटाले अब सजिलै फेसबुक र इन्स्टाग्राम बिच स्वीच गर्न मिल्ने बनाएको छ । यो नयाँ फिचरले फेसबुक र इन्स्टाग्रामलाई झन नजिक रुपमा एकीकृत गरेको छ ।

कम्पनीले दुई अकाउन्ट बिच स्वीच गर्नका लागि एन्ड्रोईड, आईओएस र अरु वेब भर्सनमा नयाँ इन्टरफेस सार्वजनिक गरेको छ । अब होम स्क्रीनमा नगइकनै दुई एप बिच स्वीच गर्न सकिन्छ ।

यस फिचरले दुवै एपमा आएको नोटिफिकेसनको संख्या एकै ठाउँमा हेर्न दिन्छ । अब एउटा एपको पासवर्डले अर्काे एपको पहुँच पनि पाउन सकिन्छ । अहिलेसम्म यी फिचर फेसबुक र इन्स्टाग्रामका लागि मात्रै भएता पनि मेटाले यी सबै फिचर आफ्ना अरु एपहरुका लागि पनि उपलब्ध गराउने बताएको छ ।