कीवर्डहरू -

फास्ट चार्जिङले मोबाइलको ब्याट्रीलाई नराम्रो असर गर्छ ? यस्तो छ तथ्य

फास्ट चार्जिङले मोबाइलको ब्याट्रीलाई नराम्रो असर गर्छ ? यस्तो छ तथ्य

फास्ट चार्जिङ्ग भनेको मान्छेहरुले हतारमा जुस पिएर पुनः दौडिन थाले सरह नै हो । तर फास्ट चार्ज गरिरहको समयमा हामी सबैलाई यसले कतै फोनलाई हानी त पुर्याईरहेको छैन् नी भन्ने डर लागीनै रहन्छ ।

पछिल्लो समयका प्राय स्मार्टफोनमा फास्ट चार्जिङको सुविधा हुन्छ । स्मार्टफोनमा मात्रै होइन् अब विद्युतीय गाडी, ल्यापटप र अरू ग्याजेटहरुमा पनि फास्ट चार्जिङ स्ट्याणडर्ड फिचर बन्दै गइरहेको छ ।

फास्ट चार्जिङ सुविधाजनक हुन्छ । थोरै समय चार्ज गरेर धेरै समय चलाउन सकिन्छ । हतारको समयमा त फास्ट चार्जिङ एकदमै उपयोगी हुन्छ ।

के हो फास्ट चार्जिङ ?

फास्ट चार्जिङ्ग भनेको थोरै समयमै डिभाइसलाई चार्ज गर्नु हो । यस प्रणालीमा चार्जिङ्ग सर्किटले जति चार्ज लिन सक्छ, त्यतिनै चार्ज हुने गर्दछ ।

फास्ट चार्जिङ्गले बुस्ट चाहिएको बेला ब्याट्री टपअप गरिदिने गर्दछ । हामीले आफ्नो डिभाइसमा एकदमै धेरै समय बिताउन थालेका छौँ । यसले गर्दा चार्ज पनि धेरै खपत हुने गर्दछ ।

यस्तो समयमा हामी सबैलाई पक्कै पनि फास्ट चार्जिङ्ग चाहिने गर्दछ । अहिले धेरैजसो फास्ट चार्जिङ्ग प्रणालीहरु क्रस कम्प्याटिबल छन् ।

कसलाई फास्ट चार्जिङ्ग भनिन्छ ?

विभिन्न विद्युतीय सामग्रीहरुका लागि फास्ट चार्जिङ्ग राम्रो मार्केटिङ शब्दावली बन्दै गइरहेको छ । तर ग्राहकको ध्यान तान्न फास्ट चार्जिङ प्रयोग गर्ने गरेको भन्ने र पछि फास्ट चार्जिङ्गको फिचर नै नहुने कतिपय ग्राहकको गुनासो छ ।

स्मार्टफोन निर्माताहरुले धेरैजसो समय १० वाटलाई फास्ट चार्जिङ्ग रेटको रुपमा भन्ने गरेको पाइन्छ । जति बढी वाट भयो त्यतिनै छिटो चार्ज हुने गर्दछ,जसकारण हरेकदिन फास्ट चार्जिङ्गको परिभाषा परिवर्तन हुँदै गइरहेको छ ।

फास्ट चार्जिङ्गले ब्याट्रीलाई नोक्सान गर्छ ?

फास्ट चार्जिङ्गले ब्याट्रीलाई नोक्सान पुर्याउँछ की पुर्‍याउँदैन् भन्ने प्रश्न धेरैको मनमा हुन सक्छ । यो प्रश्न एकैपटक धेरै ऊर्जा दिँदा डिभाइस तातिन्छ की भन्ने विचारबाट आउने गर्दछ ।

डिभाइस तातिनु भनेको पक्कै पनि उपकरणका लागि राम्रो संकेत होइन् । तर फास्ट चार्जिङ्ग प्रणालीले सकेसम्म तातोपनालाई कम गर्दै राम्रो आउटपुट दिने प्रणालीको विकसित गरेको हुन्छ ।

फास्ट चार्जिङ्गले ब्याट्रीलाई नोक्सान भने खासै पुर्याउँदैन् । किनभने फास्ट चार्जिङ्ग ब्याट्रीको चार्ज गर्दा दुई चरण हुने गर्दछ । पहिलो चरणमा ब्याट्रीले सकेसम्मको ऊर्जा लिने गर्दछ र फोन निर्माता कम्पनीले यति समयमानै यति चार्ज हुन्छ भनेर विज्ञापन गर्ने गरेको चार्ज प्रतिशतसम्म पुग्ने गर्दछ ।

त्यति चार्जमा पुगेपछि चार्जिङ्ग स्पीड आफै कम हुन्छ, जसले स्ट्रेस र तापलाई घटाउने गर्दछ । तपाईको डिभाइसको ताप पनि निश्चित क्षमता भन्दा बढी भएका फोनले स्वत फास्ट चार्जिङ्गलाई बन्द गरिदिने गर्दछ ।

फास्ट चार्जिङ्गको असरलाई फोन निर्माताले कसरी कम गर्छन् ?

फोन निर्माता कम्पनीहरुले फास्ट चार्जिङ्गको असरलाई कम गर्न डुअल ब्याट्री डिजाइनको प्रयोग गर्ने गर्दछन् । यसले गर्दा दुई ओटा ब्याट्रीले फास्ट चार्जिङ्गको समयमा हाई इन्पुट लोड सेयर गर्ने गर्दछन्, जसले गर्दा नोक्सान हुनुबाट बच्छ ।

त्यस्तै फोनमाथि नोक्सानी कम गर्नका लागि ब्याट्री म्यानेजमेन्ट सफ्टवेयर प्रणाली पनि फोन निर्माता कम्पनीहरुले इन्स्टल गरेका हुन्छन् । यस प्रणालीले हाई इन्पुट चार्जबाट जोगाउने गर्दछ । फास्ट चार्जिङ्ग छ भन्दैमा मोबाइल चाँडै बिग्रिन्छ भन्ने हुँदैन् ।