कीवर्डहरू -

इन्स्टाग्रामबाट अब सिधैं एनएफटी बिक्री गर्न सकिने

इन्स्टाग्रामबाट अब सिधैं एनएफटी बिक्री गर्न सकिने

मेटाले इन्स्टाग्राममा सिधैं एनएफटी विक्रि गर्न दिने भएको छ । नन फन्जिबल टोकन (एनएफटी) इन्स्टाग्राममा अब सिधैं बिक्री गर्न सकिने भएको हो ।

यस प्रविधिबारे लामो समयदेखि अध्ययन गरेको इन्स्टाग्रामले खुलाएको छ । एनएफटी भनेको ब्लकचेनमा रेकर्ड गरिएको क्रिप्टोग्राफिक टोकन हो ।

यसमा प्रयोगकर्ताहरुले आर्टवर्क नै खरिद गर्ने भन्ने चाहिँ हुँदैन्, केबल यसमा प्रयोगकर्ताहरुले कुनै निश्चित कन्टेन्टलाई प्रतिनिधित्व गर्ने टोकन मात्रै खरिद गरेका हुन् । इन्स्टाग्रामले सन् २०२४ सम्मका लागि एनएफटीबाट आएको पैसाको कमिसन लिने छैन् ।

यसले कुनै पनि डिजिटल कुरा कसको हो भनेर बताउन सक्छ । यो एक नौलो डिजिटल सर्टिफिकेट हो, जसले कुनै फोटो, भिडियो तथा डिजिटल एसेट कसको हो भनेर प्रमाण दिने गर्दछ ।

यो डुप्लिकेट वा स्वाप गर्न मिल्दैन् । कन्टेन्ट हराउने, बिग्रिने वा डिलिट हुने जे भएता पनि ब्लकचेनमा कुनै पनि एनएफटी सुरक्षित रुपमानै रहने गर्दछ ।