कीवर्डहरू -

ट्वीटरमा पनि अब लामो लामो टेक्स्ट लेख्न मिल्ने

ट्वीटरमा पनि अब लामो लामो टेक्स्ट लेख्न मिल्ने

ट्वीटरमा पनि अब लामो खालको टेक्स्ट लेख्न मिल्ने भएको छ । ट्वीटरका सिईओ एलन मस्कले शनिबार लामो खालको टेक्स्ट लेख्न मिल्ने फिचर ल्याउने घोषणा गरेका हुन् ।

उक्त फिचर आएपछि लामो टेक्स्टका लागि ट्वीटरमा नोटप्याडको स्क्रीनसट अपलोड गर्नुपर्ने बाध्यताको अन्त्य हुनेछ । यसभन्दा अघि ट्विटरमा क्यारेक्टर सिमा रहेको थियो तर अब भने लामो टेक्स्ट पनि लेख्न सकिने छ । यद्यपी यो फिचर कहिलेसम्म आउँछ, त्यो भने बताइएको छैन् ।

एपमा क्रियटरहरुका लागि अरु मनेटाइजेसन टूलहरु पनि राख्ने मस्कले बताए । अहिले ट्वीटरले विशेषगरी ट्वीटर ब्लुलाई ध्यान दिएर काम गरिरहेको छ ।

यो सब्सक्रिप्सन फिचरमा रिप्लाई, मेन्सन गर्ने जस्तो फिचरमा प्राथमिकता दिने ट्विटरको भनाइ छ । यसले प्लेटर्फममा स्पामको संख्या पनि घटाउने मस्कको विश्वास छ ।