कीवर्डहरू -

कार्यालय समयमा रोल्पाको सुनिलस्मृति गाउँपालिकाका कर्मचारीले सामाजिक सञ्जाल चलाउन नपाउने

कार्यालय समयमा रोल्पाको सुनिलस्मृति गाउँपालिकाका कर्मचारीले सामाजिक सञ्जाल चलाउन नपाउने

रोल्पाको सुनिलस्मृति गाउँपालिकाले कार्यालय समयमा कर्मचारीलाई सामाजिक सञ्जाल प्रयोगमा रोक लगाएको छ ।

सुनिल स्मृति गाउँपालिकाका अध्यक्ष मणिराम बुढाथोकीले गाउँपालिकाको कार्यालयमा कार्यालय समय अवधिभर फेसबुक, टिकटक जस्ता सामाजिक सञ्जाल प्रयोगमा रोक लगाएका हुन् ।

गाउँपालिकाको कार्यालय समयमा अब इमेल र वेबसाइटहरू चलाउन पाइने छ । सेवाग्राहीहरुलाई  छिटोछरितो सेवा प्रदान गर्न गाउँपालिकाले यस्तो निर्णय गरेको हो ।

कार्यालय समयमा सामाजिक सञ्जालमा नचलाउने निर्णयप्रति सुनिल स्मृति गाउँपालिकामा कार्यरत सम्पूर्ण कर्मचारीहरुले पनि समर्थन गरेका छन् ।