कीवर्डहरू -

विद्युतीय गाडीको ब्याट्री बारे जान्नै पर्ने पाँच तथ्य

विद्युतीय गाडीको ब्याट्री बारे जान्नै पर्ने पाँच तथ्य

पछिल्लो समय विद्युतीय गाडी (ईभी) एकदमै धेरै बिक्री हुन थालेका छन् । धेरै बिक्री हुन थाले पनि ईभीको प्रविधिबारे प्रयोगकर्ताले अझै राम्रोसँग बुझ्न सकेका छैनन् ।

विद्युतीय गाडीमा लिथियम आयन ब्याट्री प्रयोग गरिएको हुन्छ । यसमा ब्याट्री बनाउनका लागि उत्खनन गरिएको धातु प्रयोग गरिन्छ । त्यस कारण ब्याट्रीलाई नोक्सानबाट जोगाउनृुपर्नेछ । ईभी ब्याट्री रिसाईकल हुन्छ की हुँदैन् भनेर पनि धेरैले चिन्ता गर्ने गर्दछन् ।

यसको ब्याट्रीको बारेमा पनि धेरै प्रयोगकर्ताहरुलाई भ्रम रहेको छ । आज हामी ईभीको ब्याट्री बारे जान्नै पर्ने पाँच तथ्यको बारेमा जानकारी दिदैछौँ ।

विद्युतीय ब्याट्री के बाट निर्मित हुन्छ ?

विद्युतीय सवारीसाधनको सबैभन्दा महत्वपूर्ण पक्ष भनेको ब्याट्री हो । विद्युतीय साधनमा प्रयोग हुने ब्याट्री ‘लिथियम आयन’ बाट बनेको हुन्छ ।

लिथियम आयन ब्याट्रओलाई धेरै तोतो र धेरै चिसो तापक्रममा राख्नु हुँदैन् । त्यसकारण विद्युतीय सवारीसाधन निर्माताले ब्याट्री र यसको तापक्रम मनिटर गर्ने प्रणालीको विकास गरेका छन् ।

धेरैजसो विद्युतीय गाडीमा प्रयोग हुने लिथियम आयन ब्याट्रीले उच्च तापक्रम धान्न सक्दैन् । तर ईभीको ब्याट्रीमा लिथियम मात्रै भने हुँदैन् ।

ईभी ब्याट्रीलाई निर्मँण गर्ने क्रममा कोबाल्ट पनि प्रयोग गरिएको हुन्छ । यो ब्याट्री बनाउन लाथ्ने सबैभन्दा खर्चिलो सामान होे । यसमा निकेल, म्यानगनिज, ग्रेफाईट र एल्मुनियिम पनि प्रयोग गरिएको हुन्छ ।

ग्रेफाईट गैर धातु भएता पनि यसले बिजुली पास गर्न सक्छ । त्यस कारण यसलाई ईभीको ब्याट्री निर्माण गर्ने क्रममा प्रयोग गर्ने गरिन्छ ।

ईभीको ब्याट्रीमा प्रयोग गरिने सामग्रीहरु माइन गर्नुपर्ने हुन्छ र विश्वव्यापी रुपमा खानीमा काम गर्नेहरुका लागि अवस्था राम्रै नभएका कारण यसले ईभीको ब्याट्री निर्माण गर्ने कामलाई आलोचित पनि गर्ने गरिन्छ ।

ईभीको ब्याट्री कति समयसम्म टिक्ने गर्दछ ?

विद्युतीय कार खरिद गर्दा उपभोक्ताहरूको सबैभन्दा ठ्रलो चिन्ता भनेको कारको ब्याट्री कति समयसम्म चल्छ भन्ने हुने गर्दछ ।

अरु गाडी खरिद गर्दा समयसमयमा मर्मतसरम्भार गरिरहेमा लामो समयसम्म टिकिरहने सोचिने गरिन्छ तर ईचीमा ब्याट्रीले साथ दिन्छ की दिदैन् भनेर सबै उपभोक्तालाई चिन्ता हुने गर्दछ ।

धेरै प्रयोगकर्तामा ईभीको ब्याट्री केही समय मात्रै चल्ने भ्रम रहेको छ । टेस्लालाई उदाहरणको रुपमा लिने हो भने त्यसको ब्याट्रीले ३ लाख देखि ५ लाख माइलसम्म सेवा दिने गर्दछ । यति माइल चल्न सक्नु भनेको राम्रो दूरी हो ।

के ईभी ब्याट्री सुरक्षित हुन्छ ?

ईभी ब्याट्रीको बारेमा अर्काे भ्रम भनेको ब्याट्री धेरै तातिएर कुनै पनि समय फुट्न सक्ने वा ड्राइभर इलेक्ट्रोक्युट हुन सक्ने रहेको छ ।

दुर्घटना सबै किसिमको गाडीमा हुन सक्छ तर समग्रमा हेर्ने हो भने ईभीको ब्याट्री एकदमै सुरक्षितनै हुने गर्दछ । ब्याट्रीलाई पनि ईभीमा सुरक्षित गरिएको हुन्छ ।

ईभीलाई विक्रिका लागि उपलबध गराउनु पूर्व क्रयास रहित रहेको भनेर जाँच गरिएको हुन्छ । यहि कारणले कार दुर्घटना हुँदा पनि ब्याट्रीलाई सुरक्षित पार्नु ईभीको पहिलो प्राथमिक्ता हुने गर्दछ ।

ईभीमा सुरक्षालाई एकदमै ध्यान दिइएको हुन्छ । तर ब्याट्रीमा आगो नै लाग्दैन् भनेर ग्यारेन्टी गर्न सकिदैन् र एकचोटि लिथियम ब्याट्रीमा आगो लागेपछि निभाउन एकदमै गाह्रो हुने गर्दछ ।

४. ईभीको ब्याट्र्री बिग्रीएपछि के गर्ने ?

हामी सबैलाई ईभी ब्याट्री फेर्न कति पैसा लाग्ने होला भनेर चिन्ता लाग्ने गर्दछ । ईभीको एउटा नराम्रो पक्ष भनेको समय नपुग्दै गाडीको ब्याट्री बिग्रिन सक्छ ।

गाडीको वारेन्टी समय सकिसकेको छ भने यसले अझै समस्या सिर्जना गर्न सक्छ । विशेषगरी टेस्ला गाडी छ भने यस अवस्थाले गाह्रो बनाउन सक्छ ।

साधारणतया पनि टेस्लाको ब्याट्री फेर्न १० हजार अमेरिकी डलरभन्दा बढी पर्न सक्छ । अझै नयाँ मोडेलहरुमा ब्याट्री फेर्दा अझै बढि तिर्नुपर्ने हुन सक्छ ।

५. ईभी ब्याट्रीलाई पुनः प्रयोग गर्न मिल्छ ?

ईभीले आगामी समयमा ठूलो वातावरण सान्दर्भिक प्रश्न चिह्न उठाउन सक्छ । पहिलेनै खानीबाट ब्याट्री बनाउनलाई चाहिने धातुहरुले सिर्जना गर्ने समस्या माथि चिन्तन गर्न थालिसकिएको छ । यही कारण ईभीलाई दिगो बनाउनका लागि ईभी ब्याट्रीलाई पुनः प्रयोग गर्नै पर्ने हुन्छ ।

अहिलेनै धेरै कम्पनीले ब्याट्री रिसाईकल कसरी गर्ने भनेर अध्ययन गरिरहेका छन् । हालमा रेडवुड मटेरियल्स कम्पनीले यस सन्दर्भमा अनुसन्धान गरिरहेको छ । अहिलेका लागि रिसाइकल गर्न सम्भव नभएता पनि निकट भविष्यमा यो सम्भव हुने देखिन्छ ।