कीवर्डहरू -

धेरै ग्राहक हुने यी हुन् १० इन्टरनेट सेवा प्रदायक

धेरै ग्राहक हुने यी हुन् १० इन्टरनेट सेवा प्रदायक

नेपाल दूरसञ्चार प्राधिकरणले हालै साउन महिनाको एमआईएस प्रतिवेदन सार्वजनिक गरेको छ । उक्त प्रतिवेदनमा दूरसञ्चार सेवा प्रदायकका ग्राहक, बजार हिस्सा लगायत प्राधिकरणका गतिविधि बारे जानकारी दिइदै आइएको छ ।

प्राधिकरणले इमेलसहित इन्टरनेट सेवा प्रदान गर्न १३८ कम्पनीलाई अनुमति दिएको छ । यी मध्ये धेरैजसोले सेवा प्रदान गरिरहेका छैनन्, अनुमति लिएर मात्रै बसेका छन् ।

असारसम्मको डेटा समावेश गरेर सार्वजनिक गरिएको उक्त प्रतिवेदन अनुसार ग्राहक संख्याका आधारमा उत्कृष्ट १० इन्टरनेट सेवा प्रदायक कुन कुन छन्, त्यसको बारेमा आज जानकारी दिदैछौं ।

१. वर्ल्डलिंक

वर्ल्डलिंक नेपालको सबैभन्दा ठूलो इन्टरनेट सेवा प्रदायक हो । असारसम्म वर्ल्डलिंकका ६ लाख ७१ हजार ८३८ जना ग्राहक छन् ।

२. नेपाल टेलिकम

साउनको एमआईएस प्रतिवेदन अनुसार ग्राहक संख्याका आधारमा दोस्रो नम्बरमा पर्न सफल भएको छ, नेपाल टेलिकम । असारसम्म टेलिकमका २ लाख ९७ हजार ९७९ ग्राहक रहेका छन् ।

३. सुबिसु

प्रतिवेदन अनुसार धेरै ग्राहक हुने इन्टरनेट सेवा प्रदायकको सूचीमा छ, सुबिसु केबलनेट । असारसम्म सुबिसुका २ लाख ३९ हजार १५९ ग्राहक रहेका छन् ।

४. क्लासिक टेक

प्रतिवेदन अनुसार यस सूचीको चौथो नम्बरमा रहेको छ, क्लासिक टेक । असारसम्म क्लासिक टेकका २ लाख ३६ हजार २४० रहेका छन् ।

५. भायानेट

प्रतिवेदन अनुसार असारसम्म भायानेटका २ लाख ३५ हजार ८४१ ग्राहक रहेका छन् ।

६. डिशहोम

सन् २०२० इन्टरनेट बजारमा प्रवेश गरेको डिशहोमले आक्रामक रूपमा सेवा विस्तार गरिरहेको छ । असारसम्म डिशहोम फाइबरनेटका १ लाख ४४ हजार ८५३ ग्राहक रहेका छन् ।

७. टेक माइन्ड्स

ग्राहक संख्याको आधारमा उत्कृष्ट ७ इन्टरनेट सेवा प्रदायकमा टेक माइन्ड्स नेटवर्क प्रालि पर्न सफल भएको छ । असारसम्म टेक माइन्ड्सका १ लाख ५ हजार ३५२ ग्राहक रहेका छन् ।

८. वेब सर्फर

यस सूचीको आठौं नम्बरमा पर्न सफल भएको छ, वेब सर्फर नेपाल कम्युनिकेसन प्रालि । असारसम्म वेब सर्फरका ग्राहक ८० हजार ७४६ ग्राहक रहेका छन् ।

९. ब्रोडलिंक

प्रतिवेदन अनुसार ग्राहक संख्याको आधारमा ब्रोडलिंक नेटवर्क एण्ड कम्युनिकेसन प्रालि ९ नम्बरमा पर्न सफल भएको छ । वैशाखसम्म ब्रोडलिंकका ५६ हजार १६२ रहेका छन् ।

१०. सिम्पल मिडिया

यस सूचीको १० नम्बरमा पर्न सफल भएको छ, सिम्पल मिडिया नेटवर्क केबल प्रालि । असारसम्म २९ हजार ५५ ग्राहक रहेका छन् ।