कीवर्डहरू -

आइसिटी अवार्डको ग्राण्ड फिनाले र छनौट प्रकृयाका सेसन अब कान्तिपुर टिभीमा हेर्न पाइने

आइसिटी अवार्डको ग्राण्ड फिनाले र छनौट प्रकृयाका सेसन अब कान्तिपुर टिभीमा हेर्न पाइने

सूचना तथा सञ्चार प्रविधि क्षेत्रको प्रतिष्ठित ‘आइसिटी अवार्ड’को सातौं संस्करणका लागि ब्रोडकास्टिङ पार्टनरको रुपमा कान्तिपुर टेलिभिजन रहने भएको छ ।

मंगलबार कान्तिपुर टेलिभिजनका सिइयो शिशिर पछाई र लिभिङ विथ आइसिटीका संस्थापक राजन लम्सालबिच आइसिटी अवार्डको प्रशारण सम्बन्धमा हस्ताक्षर भएको हो ।

कान्तिपुर टेलिभिजनले इन्फोडेभलपर्स आइसिटी अवार्ड २०२२ इन एसोसिएसन विथ नेपाल टेलिकम एण्ड जेनेसका महत्वपूर्ण प्रि इभेन्ट सेसनहरु प्रशारण गर्नेछ ।

विशेषगरी स्टार्टअप, प्रडक्ट र राइजिङ स्टार इन्नोभेसन विधाका प्रिजेन्टेशन तथा स्पिड डेटिङ र ग्राण्ड जुरी मिटिङका सेसनहरु विभिन्न ४ एपिसोडमा प्रशारण हुनेछ ।

यसैगरी पुस ८ गते हुने अवार्डको ग्राण्ड फिनाले टेलिभिजन र युट्युब च्यानल मार्फत प्रत्यक्ष प्रशारण हुनेछ । हस्ताक्षर कार्यक्रममा बोल्दै कान्तिपुर टेलिभिजनका सिइयो पछाईले यो सहकार्यले स्टार्टअप र आइसिटीको क्षेत्रमा थप सम्भावना र अवसरहरु सृजना गर्ने बताए ।

सन् २०१६ बाट सुरु भएको आइसिटी अवार्डको सातौ संस्करणमा दक्षिण एसियाली देशहरुका स्टार्टअपहरुलाई समेत समेटेर साउथ एसिया स्टार्टअप आइसिटी अवार्ड पनि आयोजना हुदैछ ।

यसवर्ष विभिन्न १२ विधामा अवार्ड घोषणा हुनेछ । विभिन्न विधामा ५०० भन्दा बढिको अनलाइन नोमिनेशन र सल्लाहकार समितिको सिफारिस रहेको थियो । आइसिटी अवार्डको छनौट प्रकृयामा १३ जना बिज्ञ जुरी सदस्य र १५ जना बिशिस्ट सल्लाहकारहरु रहेका छन ।

स्टार्टअप आइसिटी अवार्ड, प्रडक्ट आइसिटी अवार्ड, राइजि स्टार इन्नोभेसन आइसिटी अवार्डसँगै पायोनियर, आन्टरप्रेनर्स, वुमन आइकन र नेपाली डायस्पोरा आइसिटी अवार्ड विधाहरु रहेका छन ।

यसैगरी यस वर्ष नीजि र सरकारी शैक्षिक सस्थालाई प्रदान गरिने डिजिटल एजुकेशन आइसिटी अवार्ड, सरकारी सस्थालाई डिजिटल गर्भनेन्स आइसिटी अवार्ड र कर्पोरेट क्षेत्रको लागि डिजिटल सर्भिसेस आइसिटी अवार्ड विधाहरुमा पनि समावेश छन ।

लिभिङ विथ आइसिटीको मुख्य आयोजना र विभिन्न राष्ट्रिय तथा अन्तराष्ट्रिय संस्थाहरूको सहकार्यमा हुने प्रविधि क्षेत्रको यस अवार्डको प्रि इभेन्टको रुपमा गत कार्तिक १८ र १९ गते स्र्टाअप एण्ड आइडिया फेस्ट आयोजना भएको थियो ।

यसैगरी सातै प्रदेशमा गरेर त्यहाँका स्टार्टअपहरु खोज्दै उनिहरुलाई काठमाडौं ल्याएर बुटक्याम्प र इन्कुवेसन पनि सञ्चालन भएको थियो । अवार्डको छनौट प्रकृयालाई उत्कृष्ट बनाउन २५ भन्दा बढि जुरी मिटिङहरु सञ्चालन हुनेछन ।

कान्तिपुर टेलिभिजनले ३ विधाका उत्कृष्ट १२ मा पर्न सफल प्रतिस्प्रधीहरुको आइडिया तथा पिचिङ सेसनलाई मसिंर १५ गतदेखि प्रशारण गर्नेछ ।

आइसिटी अवार्ड २०२२ को ग्राण्ड फिनाले २०७९ पुस ८ (२३ डिसेम्बर, २०२२) गते द सोल्टी काठमाण्डौमा आयोजना हुनेछ । यस कार्यक्रमको लागि राष्ट्रिय तथा अन्तराष्ट्रिय टेक कम्पनीहरु तथा सञ्चार तथा सूचना प्रविधि मन्त्रालय समेतको सहकार्य रहेको छ ।