कीवर्डहरू -

टेलिकमले देशभर वितरण सुरू गर्‍यो ई-सिम, पूराना ग्राहकलाई निःशुल्क उपलब्ध हुने 

टेलिकमले देशभर वितरण सुरू गर्‍यो ई-सिम, पूराना ग्राहकलाई निःशुल्क उपलब्ध हुने 

नेपाल टेलिकमले देशभर ई-सिम वितरण सुरू गरेको छ । मंसिर ८ गतेदेखि ग्राहकको रूची र मागलाई ध्यानमा राख्दै टेलिकमले मूलुकभर ई-सिम वितरण सुरू गरेको हो ।

टेलिकमले पहिलो पटक ई-सिम कम्पनीले गत भदौं ३१ गतेदेखि काठमाडौंको सुन्धारास्थित ग्राहक सेवा केन्द्रबाट वितरण सुरू गरेको थियो ।

हालका लागि पहिलेदेखि नै कम्पनीका सिमकार्ड प्रयोग गरिरहेका पुराना प्रिपेड तथा पोस्टपेडका ग्राहकहरुले सिम परिवर्तन गर्न चाहेमा कम्पनीले निःशुल्क ई-सिम उपलब्ध गराइरेहको छ ।

मोबाइल सेटमा ई-सिम इन्स्टल गर्नका लागि क्यूआर कोडमार्फत स्क्यान गर्नुपर्छ । क्यूआर कोडको सुविधा भएका पछिल्लो पुस्ताका मोबाइल सेटमा मात्र ई-सिम प्रयोग गर्न सकिन्छ ।

त्यसैले सबैभन्दा पहिले आफ्नो मोबाइल सेटमा ई-सिम चल्ने/नचल्ने यकिन गरेर मात्र ई-सिमका लागि कम्पनीका ग्राहक सेवा केन्द्रमा जानुहुन ग्राहकवर्गमा अनुरोध छ ।

यसका लागि आफ्नो मोबाइलबाट *#०६# डायल गर्नुपर्छ । यसरी डायल गर्दा ईआईडी लेखिएको संकेतसहित नम्बरहरु देखियो भने उक्त सेटमा ई-सिम चल्छ भनी थाहा पाउन सकिन्छ ।

त्यसैगरी आइफोन र एन्ड्रोइड सिस्टमयुक्त मोबाइल सेटको सेटिङमा भएका विभिन्न अप्सन हेरेर पनि ई-सिम चल्ने वा नचल्ने पत्ता लगाउन सकिन्छ ।

आइफोन वा एन्ड्रोइडको सेटिङमा ‘एड मोबाइल प्लान’ वा ‘एड डेटा प्लान’  भन्ने अप्सन देखियो भने पनि त्यसमा सामान्यतः ई-सिम चल्छ भन्ने कुरा थाहा हुन्छ ।

फिजिकल सिम प्रयोग गरिरहेका कम्पनीका पुराना पोस्टपेड र प्रिपेड ग्राहकहरुले निःशुल्क रुपमा ई-सिम लिन सक्नेछन् भने नयाँ पोस्टपेड सेवा लिन चाहने ग्राहकलाई हालको बिक्री मूल्यमै ई-सिम उपलब्ध गराइने छ ।

ई-सिम सपोर्ट गर्ने मोबाइल सेट भएका नेपाल टेलिकमका पहिलेदेखिका ग्राहकले सो सिम लिनका लागि आवश्यक फारम भरेर बुझाउनु पर्दछ ।

ई-सिम एक प्रकारको भर्चुअल अर्थात इलेक्ट्रोनिक सिम हो । ई-सिम उपलब्ध भएपछि अहिलेको जस्तो भौतिक रुपमा प्रयोग गरिने सिमकार्डको आवश्यकता पर्दैन । यसबाट फोन गर्ने र डाटा चलाउने लगायत फिजिकल सिमबाट सम्पन्न गरिने सम्पूणर् कार्य गर्न सकिन्छ ।

मोबाइल सेटबाहेक ई-सिमलाई अन्य डिभाइस तथा स्मार्ट वाच र शरीरमा पहिरिन योग्य विभिन्न प्रकारका डिभाइसहरुमा समेत प्रयोग गर्न सकिन्छ ।