कीवर्डहरू -

ह्वाट्सएपमा अब आफैलाई म्यासेज गर्न सकिने

ह्वाट्सएपमा अब आफैलाई म्यासेज गर्न सकिने

लोकप्रिय सामाजिक सञ्जाल ह्वाट्सएपमा अब आफैले आफैलाई म्यासेज गर्न सकिने भएको छ । यसका लागि ह्वाट्सएपले अहिले आफैलाई म्यासेज गर्न मिल्ने फिचर सार्वजनिक गरेको हो ।

यो फिचर एन्ड्रोइड र आईओएस दुवैको प्रयोगकर्ताका लागि उपलब्ध भएको छ । यसले गर्दा आफ्नै फोन नम्बरमा मेसेज गर्न सकिन्छ ।

यो फिचर तपाईको लागि उपलब्ध भयो की भएन भनेर आफ्नो सम्पर्क सूचीमा गएर आफ्नो नम्बर देखिएको छ की छैन् भनेर हेर्नुपर्ने हुन्छ ।

आफूलाई पठाएको मेसेज तपाईले लिंक गरेको सबै डिभाइसमा देखिन्छ । यसले केही महत्वपूर्ण फाइल तथा मेसेजहरु आफूलाई पठाउन दिन्छ । यस्तो फिचर पहिले नै मेसेन्जर जस्तो एपमा उपलब्ध रहेको छ ।