कीवर्डहरू -

मस्कको पोल : ट्वीटरको सिईओ छाड्नुपर्नेमा धेरैको मत, छोड्लान त ?

मस्कको पोल : ट्वीटरको सिईओ छाड्नुपर्नेमा धेरैको मत, छोड्लान त ?

एलन मस्कले ट्विटरको सिईओ पद छोड्ने की नछोड्ने भनेर गरेको पोलको परिणाम छोड्नुपर्ने पक्षमा धेरै आएको छ ।

ट्वीटरका सिइओ मस्कले पोलमा भोट गर्ने प्रयोगकर्ताहरुको निर्णयलाई स्वीकार गर्ने बताएका थिए् । अन्तिम पोल हुँदा सम्ममा ५७.५ प्रतिशत प्रयोगकर्ताले मस्कले सिइओको पद छोड्दा उपयुक्त हुनेमा भोट गरेका थिए भने बाँकी ४२.५ प्रतिशतले सीईओ नछोड्न भोट गरेका थिए ।

आगामी दिनमा पनि कम्पनीको कुनै नीति निर्माण गर्नका लागि प्रयोगकर्ताहरुको राय लिएर मात्रै अघि बढ्ने प्रतिबद्धता मस्कले गरेका छन् ।

पोलमा एक करोड ७५ लाख २ हजार ३९१ जनाले कुल भोट गरेका थिए । यो पोलको निर्णय अनुसार उनले स्थान छाडने भएमा कोही अरुले यो अभिभार सम्हाल्नेछन् ।