कीवर्डहरू -

मेस्सीको विश्वकप पोस्ट बन्यो विश्वकै सबैभन्दा बढी लाइक गरिएको इन्स्टाग्राम पोस्ट

मेस्सीको विश्वकप पोस्ट बन्यो विश्वकै सबैभन्दा बढी लाइक गरिएको इन्स्टाग्राम पोस्ट

फुटबलका मेगास्टार लियोनेल मेस्सीको विश्वकप सेलिब्रेसन इन्स्टाग्रामकै सबैभन्दा बढी लाइक गरिएको पोस्ट बन्न सफल भएको छ ।

मेस्सीले इन्स्टाग्राममा उनी र उनको टिममेट विश्कप जितेपछिको फोटा स्लाइड शो बनाएर पोस्ट गरेका थिए र त्यो पोस्टमा ६७.९ मिलियन बढि लाइक रहेको छ ।

यसअघि अण्डाको एक स्टक फोटो सबैभन्दा बढि लाइक गरिएको फोटो रहेको थियो । यस फोटोमा अहिले ५७.६ मिलियन बढि लाइक रहेको छ ।

मेस्सी इन्स्टाग्राममा दोस्रो सबैभन्दा बढि फलो गरेको सेलिब्रिटी हुन् । त्यसैले उनको पोस्ट सबैभन्दा बढि लाइक गरिएको बन्नुमा कुनै आश्चर्य रहेको छैन् ।