कीवर्डहरू -

ट्वीटरको आत्महत्या रोकथाम फिचर पुनः सञ्चालनमा 

ट्वीटरको आत्महत्या रोकथाम फिचर पुनः सञ्चालनमा 

ट्वीटरले आत्महत्या रोकथाम फिचरलाई केही समय हटाएर फेरि रिस्टोर गरेको छ । यस फिचरलाई ह्यासट्याग देयर इज हेल्प भनेर चिनिने गरिन्छ ।

यस फिचरले प्रयोगकर्ताहरुलाई आत्महत्या रोकथाम गर्ने नम्बरहरु तर्फ मार्गदर्शित गरिदिने गर्दछ । कम्पनीले शुक्रबार यो फिचरलाई एलन मस्क्को निर्देशनमा हटाएको थियो र अहिले यो फिचरलाई पुनः सञ्चालनमा ल्याइएको छ ।

मस्कले यो फिचर हटाएको गलत जानकारी हो भन्ने पनि दावी गरेका छन् तर केही समयदेखि यो फिचर पहुँच गर्न खोज्दा प्राप्त गर्न मिलिरहेको थिएन् । केही समयमात्रै यो फिचर नहुँदा पनि धेरैले ट्वीटरलाई आलोचना गरेका थिए । नेपालमा आत्महत्या रोकथामका लागि तलको हटलाइन रहेका छन् ।

आत्महत्या रोकथामका लागि पाटन अस्पतालको हेल्पलाइन : ९८१३४७६१२३

टियूटिएच आत्महत्या हटलाइन : ९८४००२१६००

आत्महत्या रोकथामका लागि नेपाल सरकारको हेल्पलाइन : ११६६