कीवर्डहरू -

अनलाईन बेटिङ मार्फत सट्टाबाजी खेलाउने कार्यमा संलग्न रहेको अभियोगमा एक भारतीय पक्राउ

अनलाईन बेटिङ मार्फत सट्टाबाजी खेलाउने कार्यमा संलग्न रहेको अभियोगमा एक भारतीय पक्राउ

कीर्तिपुर नगरपालिका-१०स्थित क्रिकेट खेल मैदानमा एनपिएल टि २० पुरुष राष्ट्रिय क्रिकेट खेलमा अनलाईन बेटिङ मार्फत सट्टाबाजी खेलाउने कार्यमा संलग्न रहेको अभियोगमा एक जना पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा भारत दिल्ली उत्तमनगर घर भई हाल काठमाडौं गौशाला बस्ने ३६ वर्षीय प्रतिक कुमार रहेका छन् ।

पुरुष राष्ट्रिय क्रिकेट खेल अन्तर्गत फार वेष्ट युनाइटेड र विराटनगर सुपर किंगस् बिच भएको खेलमा मोबाइल फोनको प्रयोग गरी हार जितको लागि अनलाईन बेटिङ भइरहेको भन्ने सूचनाको आधारमा प्रहरी वृत्त कीर्तिपुरबाट खटिएको प्रहरीले उक्त कार्यमा संलग्न कुमारलाई पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ ।