कीवर्डहरू -

इन्स्टाग्रामले हटायो सपिङ ट्याब

इन्स्टाग्रामले हटायो सपिङ ट्याब

इन्स्टाग्रामले होम स्क्रीनलाई रिडिजाइन गरेकाले सपिङ ट्याबलाई हटाएको छ । किनमेलको बारेमा धेरै कन्टेन्ट आउन थालेपछि प्रयोगकर्ताहरुका लागि अरु पोस्ट नै हेर्न समस्या हुन थालेको थियो र यही कारणले एपले होम स्क्रीनलाई रिफ्रेस गरेको छ ।

इन्स्टाग्रामबाट अब किनमेलनै गर्न पाइदैन् भने होइन् तर सपिङ पनि अब फिड, रिल्स, स्टोरी तथा विज्ञापनको मार्फतले गर्नुपर्ने हुन्छ । इन्स्टाग्रामले यो नयाँ डिजाइन सेपटेम्बरमा जाँच गरेको थियो ।

धेरै प्रयोगकर्ताहरुले एपमा एकअर्काको फोटो तथा पोस्टनै हेर्न नपाएको र अरु सामानको पोस्टमात्रै आईरहेको भनेपछि यो रिडिजाइन गर्न थालिएको हो । इन्स्टाग्रामको मासिक १.६४ मिलियन सक्रिय प्रयोगकर्ता रहेका छन् ।