कीवर्डहरू -

बच्चाहरूलाई लिंगको आधारमा लक्षित गरिएका विज्ञापन देखाउन नियन्त्रण गर्दै मेटा

बच्चाहरूलाई लिंगको आधारमा लक्षित गरिएका विज्ञापन देखाउन नियन्त्रण गर्दै मेटा

फेसबुक र इन्स्टाग्रामले किशोरकिशोरीलाई लिंगको आधारमा लक्षित गरिएका विज्ञापन देखाउने प्रक्रियामा नियन्त्रण गरिदिने भएको छ । यसले किशोरकिशोरीलाई उत्पीडक किसिमको विज्ञापन क्याम्पेनबाट जोगाउने मेटाको विश्वास रहेको छ ।

अब विज्ञापनहरु उमेर र ठेगानाको आधारमा मात्रै प्रदर्शन गर्न सकिनेछ । किशोरकिशोरीले कुनै विषयमा कति विज्ञापन हेर्ने भनेर पनि आफ्नै आधारमा सञ्चालन गर्न सक्ने कुराको मेटाले व्यवस्था गरिरहेको छ ।

किशोरकिशोरीले कुनै निश्चित विधा वा विषयको बारेमा पूर्ण रुपले विज्ञापन हेर्न बन्द गर्ने भन्न पनि पाउनेछन् । मेटाले विगत केही वर्ष देखि अनलाइन मार्फत किशोरकिशोरीलाई गरिने उत्पीडनलाई एकदमै संवेदनशील रुपमा लिईरहेको छ र त्यस अनुसारको विभिन्न नीतिहरुको संरचना पनि गर्दै आएको छ ।

इन्स्टाग्रामले १६ वर्ष भन्दा सानो बालबालिकाका लागि डिफल्ट रुपमानै अकाउन्ट प्राइभेट गरिदिने गरेको छ । यसले गर्दा साइबर अपराधीहरुले १६ वर्ष मुनिका बालबालिकालाई सहज रुपमा गलत मेसेज गर्ने, पोस्टहरु हेर्ने जस्ता गतिविधि गर्नमा नियन्त्रण लाग्ने गर्दछ ।