कीवर्डहरू -

जीमेल प्रयोग गर्नेले थाहा पाउनैपर्ने यी फिचर

जीमेल प्रयोग गर्नेले थाहा पाउनैपर्ने यी फिचर

जीमेल हामीले दैनिक जीवनमा प्रयोग गर्ने एकदमै चर्चित एप हो । व्यक्तिगत तथा व्यवसायिक सञ्चारका लागि जीमेलको प्रयोग भइरहेको छ ।

जीमेल दैनिक प्रयोग गरे पनि यसमा केही यस्ता फिचरहरू रहेका छन्, जुन हामीलाई कतिपय समयमा थाहा हुने गर्दैन् ।

आज हामी जीमेलमा भएका पाँच यस्ता फिचरको बारेमा जानकारी दिदैछौं, जुन जीमेल प्रयोगकर्तालाई थाहा हुनैपर्छ । त्यसले तपाईलाई जीमेल प्रयोग गर्न अझै सहज बनाउने छ ।

टेम्प्लेट सेट गर्न सकिने

तपाईले एकै प्रकारको जानकारी भएको ईमेल पठाउनुहुन्छ भने त्यसबारेमा टेम्प्लेट पनि बनाउन सक्नुहुन्छ । यसका लागि सेटिंगमा गएर एडभान्सड लिंक खोज्नुपर्ने हुन्छ ।

अब टेम्प्लेट सेक्सनसम्ममा स्क्रोल गरेर ईनेबलमा मार्क गर्नुपर्ने हुन्छ । अब नयाँ टेम्प्लेट बनाएर कम्पोजमा क्लिक गर्नुपर्छ । यसले गर्दा केही क्लिकमै टेम्प्लेट बनाएर ईमेल पठाउन सकिन्छ ।

ईमेलमा गल्ति भयो ? अनसेण्ड गर्नुहोुस्

कहिलेकाहीँ हामीले केही गलत टाइप गरेर इमेल पठाउन सक्छौँ । यस्तो बेलामा सबैभन्दा काम गर्ने बटन हो, अन्डू ।

जीमेल पूर्ण रुपमा ईमेल फिर्ता ल्याउन दिन्छ । यसका लागि तपाई सेटिगंमा गएर अन्डू सेण्डको छेउमा क्यान्सिलेसन समय छान्नुपर्ने हुन्छ । यसमा आफूखुशी ५,१०,२० वा ३० सेकेण्ड छान्न सकिन्छ ।

तपाईको सबै नपढेको ईमेल एकै ठाउँमा पाउनुहोस्

तपाईको जिमेलको इनबक्स एकैचोटि धेरै मेलले भरिएको हुनसक्छ जसले गर्दा तपाईले कुन मेल हेर्न छुटाउनु भयो भनेर सम्झिन गाह्रो पर्न सक्छ ।

यसका लागि तपाईले आफ्नो जिमेल अकाउन्टको सर्च बारमा गएर अनरिड भनेर टाइप गर्नुपर्ने हुन्छ । यसले गर्दा तपाईको सबै नपढेको ईमेल एकै ठाउँमा पाउनसक्नुहुनेछ ।

लेबल्स राख्नुहोस्

लेबल्सले जीमेललाई वर्गाीकरण गर्न सहज हुने गर्दछ । त्यस कारण तपाईले विभिन्न लेबललाई कलरकोड गरेर मेललाई अझै बढी आकर्षक बनाउन सक्नुहुनेछ । यसले ईमेललाई दृश्यात्मक रुपमा आकर्षक बनाउनलाई सहयोग गर्नेछ ।

आफ्नो लागि उपयुक्त लेआउट छान्ने

मेसेजको महत्व अनुसार जिमेलमा विभिन्न लेआउटहरु छानेर वर्गीकरण गर्न सकिन्छ । तपाईलाई एकदमै अत्यावश्यक रुपमा चाहिने मेललाई कुनै एक तरिकाको लेआउट दिन सकिन्छ ।

यसका लागि क्वीक सेटिङमा गएर कति मेल एकचोटिमा पठाउने, इनबक्स टाइप वा रिडिङ पेन भ्यूमा परिवर्तन गर्न सकिन्छ । यस्ता परिवर्तनले निश्चित खालका मेल पठाउन दिने गर्दछ ।