कीवर्डहरू -

एफवान सफ्टको बैंकर्स मिटअप सम्पन्न, डिजिटल बैंकिङ बारे छलफल

एफवान सफ्टको बैंकर्स मिटअप सम्पन्न, डिजिटल  बैंकिङ बारे छलफल

एफवान सफ्ट इन्टरनेशनल प्रालिले आफ्नो वार्षिक कार्यक्रम अन्तरगत आयोजना गरेको बैंकर्स मिटअप २०२३  सम्पन्न भएको छ । कार्यक्रममा एफवान सफ्टको दृष्टिकोण, पछिल्ला दिनमा उत्पादन भएका प्रविधिबारे छलफल भएको थियो ।

उक्त कार्यक्रममा बैंक तथा वित्तीय क्षेत्रका तथा एफवान सफ्ट ग्रुपका अग्रणी व्यक्तित्वहरूको सहभागिता रहेको जनाइएको छ ।

कार्यक्रममा एफ्वान सफ्ट इन्टरनेशनलको तर्फबाट पछिल्ला समयमा विकास भएका प्रविधि,मोबाईल बैंकिङ्गमा प्रयोगकर्ताको विकास र विश्वास, आम मानिसले मोबाईल बैंकिङ्गलाई कुन रूपमा प्रयोग गरिरहेका छन् भन्ने विषयमा छलफल भएको थियो ।

साथै कार्यक्रममा पछिल्ला दुई वर्षमा डिजिटल माईक्रो कर्जा र कर्जा प्रवाह (फोनलोन) बाट देखिएका प्रभावका विषयमा छलफल भएको थियो । कार्यक्रममा आगामी दिनमा बैकिङ्क क्षेत्रमा मोबाईल बैंकिङ्गको क्षेत्रमा थप कसरी सुविधा दिन सकिन्छ भन्ने विषयमा समेत छलफल भएको थियो ।

राजधानीको याक एण्ड यति होटलमा आयोजना भएको उक्त कार्यक्रममा एफवान सफ्ट ग्रुपका अध्यक्ष विश्वास ढकालले बैंकर्स मिटअप सबैभन्दा महत्वपूर्ण कार्यक्रम मध्ये एक रहेको बताए । एफवान सफ्ट इन्टरनेशनलले डिजिटल बैंकिङ्ग र वित्तीय क्षेत्रमा प्रविधि मार्फत सेवा  प्रदान गर्दै आएको छ ।