कीवर्डहरू -

भिरिन्ची कलेजमा आइसिटी मेला सुरू, यस्ता छन् विद्यार्थीका प्रोजेक्ट

भिरिन्ची कलेजमा आइसिटी मेला सुरू, यस्ता छन् विद्यार्थीका प्रोजेक्ट

भिरिन्ची कलेजमा आजदेखि आइसिटी मेला सुरू भएको छ । ललितपुरको कुमारीपाटीस्थित भिरिन्ची कलेजमा सुरू भएको उक्त मेला ३ दिनसम्म चल्ने छ ।

मेलामा भिरिन्ची कजेलमा बीआईसीटी पढ्ने विद्यार्थीहरूले विकास गरेका प्रडक्टहरू प्रदर्शनीमा राखिएको कलेजका एकेडेमीक कोअर्डिनेटर रोशन केसीले बताए ।

प्रदर्शनीका साथै मेलामा गेमिङ र प्रतियोगिताको समेत व्यवस्था छ । यस वर्ष मेलामा फेस डिटेक्सन डिभाइस, सेल्फ ब्यालेन्स रोबोट, स्मार्ट मिरर, इन्टर्याक्टिभ होलोग्राम, एलईडी क्युब, स्मार्ट होम्स, कार, स्मार्ट डस्टबिन लगायतका प्रडक्ट लगायतका प्रदर्शनीमा राखिएको छ ।

विद्यार्थीले सिकिरहेको कुरालाई प्रयाक्टिकल रूपमै कार्यान्वयनमा ल्याउने उद्देश्यले विगत ३ वर्षदेखि आइसिटी मेला आयोजना गरिरहेको केसीले बताए ।

मेलाको पहिलो दिन १ हजारले अवलोकन गरेका छन् । ३ दिनसम्म चल्ने मेला ५ हजारले अवलोकन गर्ने आयोजकको अपेक्षा छ ।

भिडियो