आइतबार, १९ चैत, २०७९
Sunday, 02 April, 2023
Skip Advt.

भुक्तानी सम्बन्धि कार्य गर्ने संस्थाले एपबाट पनि ग्राहकको गुनासो दर्ता गर्न मिल्ने व्यवस्था गर्नुपर्ने

नेपाल राष्ट्र बैंकबाट भुक्तानी सम्बन्धि कार्य गर्न अनुमतिप्राप्त संस्थाहरूले मोबाइल एपबाट समेत ग्राहकको गुनासो दर्ता गर्न मिल्ने व्यवस्था गर्नुपर्ने ‍भएको छ । 

यसका साथै विद्युतीय भुक्तानी सेवा प्रयोग गर्दा आउने कठिनाइ सम्बन्धमा सेवाग्राहीको गुनासो सुनुवाइ गर्न संस्थाले कम्तिमा १६ घण्टा (बिहान ६ बजेदेखि बेलुका १० बजेसम्म) छुट्टै डेस्क सञ्चालन हुने व्यवस्था मिलाउनु पर्नेछ । 

त्यस्तै गुनासो सुन्ने  अधिकारी समेत तोकि उक्त अधिकारीको नाम, पद, इमेल र मोबाइल नम्बर वेबसाइटको अग्रभागमा राख्नुपर्ने राष्ट्र बैंकले व्यवस्था गरेको छ । 

ग्राहक सोधपुछ र गुनासो सुनुवाईका लागि कम्तिमा २ वटा दूरसञ्चार सेवा प्रदायकको टोलफ्री नम्बर उपलब्ध पनि गराउनु पर्नेछ । 
 

 

सम्बन्धित समाचार