कीवर्डहरू -

यस्तो छ भुक्तानी प्रणाली सम्बन्धि एकीकृत निर्देशिका २०७९, सुरक्षा र उपभोक्ता संरक्षणमा जोड

यस्तो छ भुक्तानी प्रणाली सम्बन्धि एकीकृत निर्देशिका २०७९, सुरक्षा र उपभोक्ता संरक्षणमा जोड

नेपाल राष्ट्र बैंकले भुक्तानी प्रणाली सम्बन्धि एकीकृत निर्देशिका २०७९ जारी गरेको छ । यसअघि भएका परिपत्र र भुक्तानी प्रणाली सम्बन्धि एकीकृत निर्देशिका २०७८ खारेज गर्दै बैंकले नयाँ निर्देशिका जारी गरेको हो ।

नयाँ निर्देशिकामा साइबर सुरक्षा र उपभोक्ता संरक्षणमा बढी जोड दिएको राष्ट्र बैंकको भुक्तानी प्रणाली विभागका कार्यकारी निर्देशक गुरू प्रसाद पौडेलले बताए ।

राष्ट्र बैंकले हरेक वर्ष एकीकृत निर्देशिका अपडेट गर्दै आएको छ । भुक्तानी प्रणाली सम्बन्धि एकीकृत निर्देशिका २०७८ खारेज गर्दै बैंकले एकीकृत निर्देशिका २०७९ ल्याएको हो ।

राष्ट्र बैंकले विद्युतीय भुक्तानीलाई प्रवर्द्धन गर्न विद्युतीय भुक्तानीको सीमा पनि पढाएको छ । ‘विद्युतीय भुक्तानीलाई प्रवर्द्धन गर्न सीम बढाएका छौं,’ पौडेलले आइसिटी समाचारसँग भने, ‘मोबाइल बैंकिङबाट हुने कारोबारको सीमा ३ लाख पुर्‍याएका छौं । त्यस्तै वालेटबाट प्रतिदिन २ लाखसम्म कारोबार गर्न पाइने व्यवस्था गरेका छौं ।’

यस्तो छ निर्देशिका