कीवर्डहरू -

ओपन एआइको फिचरहरु भएको टिम्स प्रिमियम सार्वजनिक

ओपन एआइको फिचरहरु भएको टिम्स प्रिमियम सार्वजनिक

माइक्रोसफ्टले ओपन एआइको फिचरहरु भएको टिम्स प्रिमियम सार्वजनिक गरेको छ । अहिलेसम्म कम्पनीमा १ बिलियन अमेरिकी डलरको लगानी गरिसकेको छ र आगामी दिनमा पनि १० बिलियन डलरको लगानी गर्ने योजनामा माइक्रोसफ्ट कार्यरत रहेको छ ।

यो लगानी गरेपछि  कम्पनीको भ्याल्यु २९ बिलियन डलरको हुनेछ । सुरवाती समय देखि ओपनएआईको लगानीकर्ता रहेको माइक्रोसफ्टले च्याटजीपीटीले चर्चा पाउन थालेपछि लगानी अझै धेरै बढाउने भएको हो ।

अब लगानसिँगै टिम्स प्रिमियममा पनि ओपन एआइको फिचरहरु हुने भएको छ । यसले टिम्सको मिटिङलाई झनै इन्टेलिजेन्ट, पर्सनलाइज्ड र सुरक्षित हुने भएको छ ।