कीवर्डहरू -

टर्कीमा हट्यो ट्विटरमाथिको प्रतिबन्ध

टर्कीमा हट्यो ट्विटरमाथिको प्रतिबन्ध

टर्कीमा ट्विटर पुनः चलाउन सकिने भएको छ । टर्कीमा भयानक भूकम्प गएपछि ट्वीटरको प्रयोग केही समयसम्म प्रतिबन्ध लगाइएको थियो ।

अहिले पनि हजारौँ मान्छेहरु भगनावशेषको तल थिचिएका छन् र मृत्युदर २४ हजार पुगिसकेको छ । गत हप्ता देखि प्रयोगकर्ताहरुले टर्कीमा ट्वीटर प्रयोग गर्न सकिरहेका थिएनन् ।

अब भने टर्कीको सरकारी अधिकारीहरुसँग वैठक सम्पन्न भएपछि ट्वीटर चलाउन सकिने जनाइएको छ । केही प्रयोगकर्ताहरुले ट्वीटर प्रयोग गर्न भिपिएनको प्रयोग गर्न पनि थालेका थिए । ट

र्की सरकारले ट्वीटर माथि किन प्रतिबन्ध लगाएको थियो भनेर अझै पनि स्पष्ट हुन सकेको छैन् । यस भन्दा पहिले पनि मिलिटरी अपरेसनको समयमा सन् २०१४ मा टर्कीले ट्वीटरलाई प्रतिबन्ध लगाएको थियो ।