कीवर्डहरू -

केही क्रियटरका टिकटक भिडियो अब खरिद गरेर मात्रै हेर्न सकिने

केही क्रियटरका टिकटक भिडियो अब खरिद गरेर मात्रै हेर्न सकिने

टिकटकका केही क्रियटरहले आफ्नो भिडियो खरिद गरेर मात्रै हेर्न सक्ने बनाउन सक्ने भएका छन् । यसले क्रियटरहरुलाई थप पैसा कमाउन दिने टिकटको विश्वास छ ।

टिकटकले पेवाल फिचरको विकास गरिरहेको छ, जसले क्रियटरलाई कुनै निश्चित भिडियो हेर्नलाई १ डलर तिरेर हेर्न दिन्छ । यसले भिडियो क्रियटरहरुले क्रियटर फण्ड मात्रै नभएर थप कमाउन सकिने जनाइएको छ ।

टिकटकले १० मिनेटको भिडियो फिचर प्रयोग गरेर लामो भिडियो राम्रो तकिाले बनाउने क्रियटरहरुलाई समेत पुरस्कृत गरिरहेको छ । टिकटकले धेरै क्रियटरहरुलाई आफ्नो प्लेटफर्मममा आकर्षण गर्नका निम्ति यी फिचरहरु ल्याइरहेको छ ।