कीवर्डहरू -

स्न्यापच्याटले सार्वजनिक गर्‍यो एआई च्याटबट

स्न्यापच्याटले सार्वजनिक गर्‍यो एआई च्याटबट

स्नापच्याटले ओपनएआइले पावर गरेको च्याटबट सार्वजनिक गरेको छ । यो च्याटबट सार्वजनिक गर्नु लगत्तै एआइले कुनै पनि समय कुनै प्रश्नको गलत जवाफ समेत दिन सक्ने भनेर स्नापच्याटले पहिले नै माफी समेत मागेको छ ।

यस एआईको नाम माई एआई रहेको छ । यो एआई प्रयोग गर्न प्रयोगकर्ताले मासिक रुपमा ३.९९ डलर भुक्तानी गर्नुपर्ने हुन्छ ।

यसले गर्दा तपाई अब एपमा साथीभाइ तथा परिवारसँग मात्रै नभएर च्याटबटसँग पनि एपमा च्याट गरेर बस्न सकनुहुनेछ । अहिले यो एआइमा धेरै सुधार गर्नुपर्ने स्नापच्याट आफैले भनेको छ, जसकारण यसमा अहिले थुप्रै परिमार्जनहरु गरिनेछ ।