कीवर्डहरू -

ह्वाट्सएपमा सबैको नम्बर सेभ गर्न नपर्ने, अब युजरनेम पनि राख्न सकिने 

ह्वाट्सएपमा सबैको नम्बर सेभ गर्न नपर्ने, अब युजरनेम पनि राख्न सकिने 

ह्वाट्सएपमा अब फोन नम्बर बिनानै यूजरनेम प्रयोग गरेर ग्रुप च्याटमा एप चलाउन सकिने भएको छ । ह्वाट्सएपले ‍एन्ड्रोइड एपमा बेटा प्रोग्राम मार्फत २.२३.५.१२ भर्सनमा यस्तो सुविधा थप गरेको हो ।

यसले गर्दा कुनै ग्रुपमा जाँदा कुन सेभ नगरेको कन्ट्याक्ट को हो भनेर भ्रमित हुनुपर्ने छैन् । ग्रुप च्याटका लागि अब फोन नम्बरसहित कुनै नाम पनि राख्न सकिन्छ, जसले गर्दा नम्बर सेभ नगरेर पनि प्रयोगकर्ताले ग्रुप च्याटमा सञ्चार गर्न सक्नेछन् ।

यसले गर्दा धेरै ओटा ग्रुपहरुमा जोडिएका ह्वाट्सएप प्रयोगकर्तालाई सहज हुनेछ । च्याटमा भएका सबैको नाम सेभ गरिरहनुपर्दैन् । यो फिचर ठूल्ठूला ग्रुप च्याटका लागि एकदमै उपयोगी हुनेछ । आइओएसमा पनि केही बेटा टेस्टरहरुका लागि यो फिचर उपलब्ध भएको छ ।

यो सुविधा अहिले बेटा प्रयोगकर्ताका लागि मात्रै उपलब्ध भएको छ । सबैले प्रयोग गर्न भने केही समय लाग्ने छ ।