कीवर्डहरू -

फेसबुकमा फोटो र भिडियोलाई यसरी गर्नुहोस् एडिट

फेसबुकमा फोटो र भिडियोलाई यसरी गर्नुहोस् एडिट

सामाजिक सञ्जाल फेसबुकमा मानिसले दैनिक रुपमा भिडिओ, फोटो र टेक्स्ट पोष्ट गर्छन । तर एपमै फोटो र भिडियो लगायतका कन्टेन्टलाई एडिट गर्न सकिन्छ भनेर तपाईलाई थाहा छ ? यदि थाहा छैन् भने हामी आज यसको बारेमा जानकारी दिदैछौँ ।

यसका लागि सर्बप्रथम फिडको माथि ह्वाट्स अन योर माइण्डको तल रहेको फोटो तथा भिडियो आइकनमा क्लिक गर्नुपर्ने हुन्छ ।

अब आफूलाई सेयर गर्न मन लागेको फोटोलाई क्लिक गर्नुपर्ने हुन्छ । यसपछि फोटोमा गएर पेन्सिलको आइकनमा क्लिक गरेर एडिट अल अप्सनमा क्लिक गर्नुपर्ने हुन्छ ।

अब बायाँ भागमा रहेको एडिट अप्सनमा क्लिक गर्नुपर्छ । तपाईले क्याप्सन राख्ने , साथीहरुलाई ट्याग गर्ने, फोटोलाई क्रप र रोटेट गर्ने जस्ता कार्य पनि गर्न सक्नुहुन्छ ।

एडिटिङ समापन भएपछि सेभ अप्सनमा क्लिक गर्नुपर्ने हुन्छ । अब आफ्नो दर्शक छनोट गरेर पोस्ट गर्न सकिन्छ । तपाईले भिडियो पनि माथिकै प्रक्रिया अपनाएर फेसबुकबाटै एडिट गरेर पोष्ट गर्न सक्नुहुन्छ ।