कीवर्डहरू -

इन्स्टाग्राम र फेसबुकमा एनएफटी सपोर्ट बन्द गर्दै मेटा

इन्स्टाग्राम र फेसबुकमा एनएफटी सपोर्ट बन्द गर्दै मेटा

मेटाले इन्स्टाग्राम र फेसबुकका लागि यसलाई नन फन्जिबल टोकेन (एनएफटी) सपोर्ट बन्द गर्ने भएको छ । यसअघि मेटाले इन्स्टाग्राम र फेसबुकमा सिधैं एनएफटी विक्री गर्न दिएको थियो ।

यस प्रविधिबारे लामो समयदेखि अध्ययन गरेको मेटाले बताएपनि धेरै प्रभावकारी नभएका कारण बन्द गर्ने निर्णयमा पुगेको हो ।

मेटाले सन् २०२४ सम्मका लागि एनएफटीबाट आएको पैसाको कमिसन नलिने बताएको थियो । एक वर्ष अघि एनएफटी प्रतिको आकर्षण एकदमै बढ्दो थियो ।

तर अब भने यो आकर्षण कम हुँदै गएकाले मेटाले पनि सपोर्ट हटाउने भएको हो । एनएफटी सार्वजनिक गरेको समयमा सिकेको कुराहरुलाई अरु प्रडक्टमा प्रयोग गर्ने प्रतिबद्धता पनि मेटाले जनाएको छ ।

एनएफटी भनेको ब्लकचेनमा रेकर्ड गरिएको क्रिप्टोग्राफिक टोकन हो । यसमा प्रयोगकर्ताहरुले आर्टवर्क नै खरिद गर्ने भन्ने चाहिँ हुँदैन्, केबल यसमा प्रयोगकर्ताहरुले कुनै निश्चित कन्टेन्टलाई प्रतिनिधित्व गर्ने टोकन मात्रै खरिद गरेका हुन् । एनएफटी एक नौलो डिजिटल सर्टिफिकेट हो, जसले कुनै फोटो, भिडियो तथा डिजिटल एसेट कसको हो भनेर प्रमाण दिने गर्दछ ।

यो डुप्लिकेट वा स्वाप गर्न मिल्दैन् । कन्टेन्ट हराउने, बिग्रिने वा डिलिट हुने जे भएता पनि ब्लकचेनमा कुनै पनि एनएफटी सुरक्षित रुपमानै रहने गर्दछ ।