कीवर्डहरू -

गूगल ट्रान्सलेटरबाट इमेजमा भएको टेक्स्टलाई अनुवाद गर्ने तरिका

गूगल ट्रान्सलेटरबाट इमेजमा भएको टेक्स्टलाई अनुवाद गर्ने तरिका

गूगलको गूगल ट्रान्सलेटरमा वेबमा भएको इमेजबाट टेक्स्टलाई अनुवाद गर्न सकिन्छ । यसले गूगल लेन्समा प्रयोग गरिएको एआर ट्रान्सलेट टूलनै प्रयोग गरेर टेक्स्टलाई अनुवाद गर्न सुविधा उपलब्ध छ ।

यसले गर्दा वास्तविक समयमै इमेजबाट केही टेक्स्टलाई अनुवाद गर्न सकिन्छ । यो अप्सन तपाईले गूगल ट्रान्सलेटको वेबसाईटमा पाउन सक्नुहुन्छ, जहाँ माथिल्लो पटिको ट्याबमा इमेजको अप्सन रहेको छ । यसले वेबमा रहेको इमेजको टेक्स्टलाई अनुवाद गर्न सक्छ ।

अहिलेका लागि एपमा ११३ ओटा सोर्स भाषाहरु उपलब्ध रहेका छन् । इमेजको टेक्स्टलाई अनुवाद गरिएपछि टेक्स्ट कपि गर्ने, डाउनलोड गर्ने जस्ता अप्सन रहेको छ । यसले गर्दा अरु ठाउँमा पनि अनुवादित टेक्सट प्रयोग गर्न सकिन्छ ।

पीसीमा कसरी गर्ने अनुवाद ?

यसका लागि तपाईको पिसीमा कुनै पनि वेब ब्राउजर खोल्नुहोस् । अब ट्रान्सलेट डट गूगल डट को डट इनमा जानुपर्छ । अब माथि रहेको इमेज ट्याब सेलेक्ट गर्नुपर्छ ।

अब सोर्स ल्याङवेज छनोट गरेर अनुवाद गर्नुपर्ने भाषा छनोट गर्नुपर्ने हुन्छ । अब ब्राउज योर कम्प्युटर भन्ने अप्सनमा क्लिक गरेर तपाईलाई अनुवाद गर्नुपर्ने भाषा छनोट गर्न सकिन्छ ।

एन्ड्रोइड वा आइओसमा अनुवाद गर्ने तरिका

सर्वप्रथम आफ्नो एन्ड्रोइड वा आइओएसमा ट्रान्सलेट एप खोल्नुपर्ने हुन्छ । अब स्क्रीनको तल्लो भागमा रहेको क्यामेरा आइकनमा क्लिक गरेर सोर्स लैंगवेज छनोट गरेर अनुवाद गर्नुपर्ने भाषा छनोट गर्नुपर्ने हुन्छ । यसमा ग्यालेरीबाट पनि फोटो अपलोड गर्न सकिन्छ ।