कीवर्डहरू -

राष्ट्रपति कार्यालयको ट्विटर अकाउन्ट निवर्तमान राष्ट्रपति भण्डारीले गरिन निजीकरण 

राष्ट्रपति कार्यालयको ट्विटर अकाउन्ट निवर्तमान राष्ट्रपति भण्डारीले गरिन निजीकरण 

राष्ट्रपति कार्यालयको ट्विटर अकाउन्ट निवर्तमान राष्ट्रपति विद्यादेवी भण्डारीले निजी बनाएकी छन् । राष्ट्रपति भएकै बेला विद्यादेवी भण्डारीले प्रयोग गरिरहेको २५ हजार फ्लोअर भएको राष्ट्रपति कार्यालयको ट्विटर अकाउन्ट निजीकरण गरेकी हुन् ।

गत सोमबार आफ्नो कार्यकाल पुरा गर्दै शीलत निवासबाट विदा भएकी थिइन् । शितल निवासबाट बाहिरिँदा राष्ट्रपति कार्यालयको भेरिफाइड ट्वीटर ह्याण्डल @presidentofNP लाई @BidyaDBhandari मा परिवर्तन गरिएको छ ।

ह्याण्डल संशोधन हुँदा भेरिफाइड भएको संकेत चिह्न निलो टिक पनि हटेको छ । भण्डारीले राष्ट्रपतिको पदावधि पूरा गरेपछि सोमबार रामचन्द्र पौडेलले नयाँ राष्ट्रपतिका रूपमा शपथ ग्रहण गरेका थिए ।

सरकारी उच्च ओहदामा रहँदा सम्बन्धित कार्यालयले प्रयोग गर्ने सामाजिक सञ्जालका विवरण पनि राष्ट्रिय सम्पत्ति हुने भएकाले पदबाट मुक्त भएपछि सम्बन्धित उत्तराधिकारीलाई हस्तान्तरण गर्ने अन्तर्राष्ट्रिय प्रचलन छ । तर नेपालमा भने यस्तो हुन सकेको छैन् ।