कीवर्डहरू -

शिक्वल फाउन्डेसनले आयोजना गरेको वुमन इन डेटा कन्फेरेन्स सम्पन्न

शिक्वल फाउन्डेसनले आयोजना गरेको वुमन इन डेटा कन्फेरेन्स सम्पन्न

शिक्वल फाउन्डेसनले शनिबार आयोजना गरेको वुमन इन डेटा विषयमा कन्फेरेन्स सम्पन्न भएको छ । होटेल हायात प्लेसमा सम्पन्न भएको उक्त कन्फेरेन्स महिलाका विविध विषयमा शनिबार दिनभरि नै सञ्चालन भएको थियो ।

२०० बढी सहभागी भएको उक्त कार्यक्रममा महिला उद्यमशीलता, पुरूषप्रधान समाजमा महिला अधिकार, समस्या र चुनौती, डेटामा महिला, महिला सशक्तिकरणका लागि डेटाको भूमिका लगायतका विषयमा छलफल भएको थियो ।

कार्यक्रममा मुख्य वक्ताको रूपमा १० डीएसकी निर्देशक डा. लौरा गिलवर्टले आफ्नो प्रस्तुती दिएकी थिइन । त्यस्तै कार्यक्रममा महिला उद्यमीलाई डिजिटल र वित्तीय साक्षरता विषयमा वुमन इन डेटा स्टेरिङ कमिटीकी सह संस्थापक नहसला जोशी, डेटा भिजुअलाइजेसनको मूल्य बारे गिगप्रोकी वरिष्ठ विजनेस इन्टेलिजेन्स म्यानेजर जे मिसेल मराज, सार्वजनिक क्षेत्रको नजरबाट डेटामा महिला विषयमा राष्ट्रिय तथ्यांक कार्यालयकी डेप्युटी प्रमुख तथ्यांक अधिकारी मुन्नी चौधरी र डेटाको भविष्य बारे ७५७ कोल्याबकी रणनीतिक साझेदारी प्रमुख इलिना ब्रेवेयरको प्रस्तुती रहको थियो।

\"\"

कार्यक्रममा २ वटा प्यानल डिस्कसन भएको थियो। पहिलो डिस्कसन महिला उद्यमशीलतामा सरकार, नागरिक समाज र शिक्षाको भूमिकामा छलफल भएको थियो, जसमा वक्ताको रूपमा काठमाडौं विश्वविद्यालयको गणित विभागकी प्राध्यापक ज्योती देवकोटा, आन्ट्रप्रेरणाका सह-संस्थापक निरज खनाल, राष्ट्रिय आदिवासी महिला महासंघ नेपालकी संस्थापक स्टेला तामाङ र काठमाडौं महानरपालिकाको महिला विकास महाशाखाकी प्रमुख महेश्वरी विष्ट रावल थिए । यस सेसनको सहजीकरण मिस युनिभर्स २०२१ सुजिता बस्नेतले गरेकी थिईन ।

त्यस्तै अर्को सेसन द रोल अफ जेन्डर डेटा फर कम्ब्याटिङ द मेल डिफ्लट विषयमा भएको थियो । यसमा वक्ताको रूपमा वुमन लिड नेपालकी कार्यकारी निर्देशक हिमा विष्ट, अनुसन्धानकर्ता डा. प्रणव दाहाल, एपीवान टिभीका प्रस्तोता पीट्टर राई र प्रार्थना नेपालकी संस्थापक सरिता लामिछाने रहेकी थिइन । यस शत्रको सहजीकरण कोडरसकी एशोसिएस प्रडक्ट म्यानेजर शृष्टि श्रेष्ठले गरेकी थिईन।

एक दिने कन्फेरेन्स अन्तर्क्रियात्मक भएको शिक्वल फाउन्डेसनले जनाएको छ । महिलाका विषयमा केन्द्रित रहेको कन्फेरेन्सलाई सहभागीले उत्सुकताका साथ सुनेका थिए । समाजमा रहेका विद्यमान समस्याहरूलाई चिर्दै अगाडि बढ्नुपर्ने र महिला सशक्तिकरण सम्बन्धि यस्ता कार्यक्रम देशैभर आयोजना गर्नुपर्नेमा वक्ताहरूले जोड दिएका थिए ।

शिक्वल फाउन्डेसनले युके एड, डेटा फर डेभलपेन्ट र द एशिया फाउन्डेसनको सहकार्यमा डेटा कन्फेरेन्स आयोजना गरेको थियो ।

\"\"