कीवर्डहरू -

एक महिनामै बढे ६ लाख ६५ हजार फोरजी प्रयोगकर्ता, टेलिकम एक्लैले बढायो करिब साढे ६ लाख 

एक महिनामै बढे ६ लाख ६५ हजार फोरजी प्रयोगकर्ता, टेलिकम एक्लैले बढायो करिब साढे ६ लाख 

नेपालमा १ करोड ९१ लाख ४९ हजार ३३६ फोरजी प्रयोगकर्ता रहेको देखिएको छ । नेपाल दूरसञ्चार प्राधिकरणले हालै सार्वजनिक गरेको पुसको एमआईएस रिपोर्ट अनुसार १ करोड ९१ लाख ४९ हजार ३३६ फोरजी प्रयोग गरिरहेका छन् ।

गत मंसिरमा फोरजी प्रयोग गर्नेको संख्या १ करोड ८४ लाख ८४ हजार ९४ रहेको थियो । तर एक महिनामै फोरजी प्रयोगकर्ता ६ लाख ६५ हजार २४२ बढेका छन् ।

तथ्यांक अनुसार सबैभन्दा बढी फोरजी प्रयोगकर्ता नेपाल टेलिकमका छन् । टेलिकमका फोरजी प्रयोगकर्ता १ करोड २१ लाख ९७ हजार ३४४ रहेका छन् ।

यस्तै एनसेलका ६८ लाख ४४ हजार ९१६ र स्मार्ट टेलिकमका १ लाख ७ हजार ७६ रहेका छन् । अरू सेवा प्रदायकको तुलनामा टेलिकमले आक्रामक रूपमा फोरजी विस्तार गरिरहेको छ । टेलिकमले पुसमा मात्रै ६ लाख ४७ हजार १६३ बढाएको छ ।

त्यसैगरी एनसेलले पुसमा २५ हजार २९३ फोरजी प्रयोगकर्ता बढाएको छ । उता स्मार्ट टेलिकमका भने फोरजी ग्राहक घट्दो क्रममा छन् । मंसिरसम्म १ लाख १४ हजार फोरजी गप्रयोगकर्ता रहेकामा घटेर पुसमा १ लाख ७ हजारमा सिमित भएका छन् ।