कीवर्डहरू -

फ्रान्सका सरकारी फोनमा टिकटक, क्यान्डी क्रस, ट्वीटर र नेटफ्लिक्स चलाउन नपाइने

फ्रान्सका सरकारी फोनमा टिकटक, क्यान्डी क्रस, ट्वीटर र नेटफ्लिक्स चलाउन नपाइने

फ्रान्सले टिकटक र क्यान्डी क्रसलाई सरकारी फोनहरुमा प्रतिबन्धित गरेको छ । ले मण्डेको रिपोर्ट अनुसार अब फ्रान्सका सरकारी टिकटक र क्यान्डी क्रस सहित ट्वीटर र नेटफ्लिक्स प्रयोग गर्न पाइने छैन् ।

यी एपहरुले सरकार र कर्मचारी दुवैको साइबर सुरक्षामा असर पार्ने फ्रान्स सरकारको भनाइ छ । यस नीतिले निजी डिभाइसहरुमा कुर्नै पनि फरक पार्दैन् ।

यी एप चलाएमा के दण्ड दिइने भनेर अहिलेसम्म निर्धारण भएको छैन् । अमेरिकामा पनि अहिले  टिकटकलाई प्रतिबन्ध गर्ने की भनेर छलफल चलिरहेको छ । टिकटकका सिइओ सो च्युले टिकटक चीनको एजेन्ट नभएको दावी गरेका छन् ।