कीवर्डहरू -

ह्वाट्सएप प्रयोगकर्ताले अब अडियो वेभसहित च्याट पठाउन सक्ने

ह्वाट्सएप प्रयोगकर्ताले अब अडियो वेभसहित च्याट पठाउन सक्ने

ह्वाट्सएप प्रयोगकर्ताले एन्ड्रोइडमा अब अडियो वेभसहित च्याट पठाउन सक्ने भएका छन् । यस फिचरमा अहिले ह्वाट्सएपले काम गरिरहेको छ ।

एन्ड्रोइडका लागि आउन लागेको नयाँ अडियो च्याट फिचर, च्याट कन्भरसेसनमै उपलब्ध हुनेछ । अडियोलाई पनि भिजुअल इन्टरफेसको रुपमा पठाउन मिल्ने गरी उक्त फिचरको विकास गर्न लागिएको हो । यसलाई च्याट हेडरसँगै नयाँ वेबफर्म आइकनको रुपमा राखिन्छ ।

यहीसँगै मेटाले विन्डोजका लागि नयाँ ह्वाट्सएप एप पनि सार्वजनिक गरेको छ, जुन मोबाइल एप जस्तै देखिने गर्दछ । प्रयोगकर्ताहरुले अब ८ जनासँग भिडियो कल र ३२ जनासँग अडियो कल गर्न सक्ने भएका छन् ।